कर्णाली डुङ्गा दुर्घटना एक जनाको ज्यान गयो, तीन जना बेपत्ता




सुर्खेत ,१७ साउन । कर्णाली नदीमा डुङ्गा पल्टिँदा तीन जना बेपत्ता भएका छन् भने एक जनाको ज्यान गएको छ । कैलालीको मोहन्याल गाउँपालिकाबाट सुर्खेतको चौकुने गाउँपालिका–४ मा रहेको स्वास्थ्य चौकीमा बच्चालाई खोप लगाउन जाने क्रममा नदीमा डुङ्गा पल्टिँदा तीन व्यक्ति बेपत्ता भएका हुन् भने एक जनाको ज्यान गएको हो ।

डुङ्गा दुर्घटना हुँदा बेपत्ता हुनेमा मोहन्याल–३ की २० वर्षीया उर्मिला सलामीमगर, उर्मिलाको १० दिनको शिशु र त्यही ठाउँकी २० वर्षीया पार्वती थापा रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख एवम् प्रहरी उपरीक्षक (एसपी) विश्व अधिकारीले बताउनुभयो ।

त्यस्तै डुङ्गा दुर्घटनामा घाइते हुनुभएकी मोहन्याल ३ की १९ वर्षीया धनसरा सलामीमगरको उपचारका लागि लैजाने क्रममा ज्यान गएको प्रहरीले जनाएको छ । उहाँका एक महिनाका छोरा कर्ण सलामी गम्भीर घाइते भएका छन् । डुङ्गामा १० जना सवार रहेकामा पाँच जनाको भने सकुशल उद्धार गरिएको प्रहरीले जनाएको छ ।

बेपत्ता भएकाको खोजीका लागि इलाका प्रहरी कार्यालय सुगरखालको टोली घटनास्थलमा खटिएको जनाइएको छ । यहाँ सहजरूपमा आवागमनका लागि पुलको व्यवस्था नहुँदा नागरिक जोखिम यात्रा गर्न बाध्य छन् ।शौ—उज्यालो


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

धानमा मल हाल्ने समय सकिएप्छि मात्रै फेरि वीरगन्जमा मल यूरिया भित्राइद
विजयवस्तीमा प्रहरी चौकीको अगाडिबाट नै मोटरसाइकलको पाटपुर्जा चोरी
नेपाल भारत सीमा नाका खुला गर्ने सरकारले निर्णय गरेको आज एकहप्ता बितिसकेको भएपनि अझै सीमा खोल्ने संकेत देखिएन
नेपाली कांग्रेसले थप ५ जिल्लाको क्रियाशील सदस्यता विवाद टुंगो लगायो