कलैया उपमहानगरपालिकालमा भोलिबाट शैक्षिक संस्थामा भौतिक उपस्थिति मै पठनपाठन गर्ने अनुमति




वीरगन्ज,१७ साउन । बारास्थित कलैया उपमहानगरपालिकाले साउन १८ गते अथवा भोलिबाट शैक्षिक संस्थामा भौतिक उपस्थिति मै पठनपाठन गर्ने अनुमति दिएको छ ।उपमहानगरको यो निर्णयसँगै विगत दुई महिनादेखि बन्द रहेको शैक्षिक संस्था भोलिबाट सुचारु हुने भएका छन् ।

उपमहानगरपालिकाका उप सचिव प्रहलाद वर्णवालले आज एक सूचना जारी गर्दै नगर शिक्षा समितिको गत साउन १५ गतेको निर्णय अनुसार स्वास्थ्यको मापदण्ड पालना गरेर उपमहानगर भित्रका विद्यालयमा भौतिक उपस्थितिमा पठनपाठन गर्ने अनुमति दिएको जानकारी दिनुभयो । नगर शिक्षा समितिको गत साउन १५ गते बसेको बैठकले साउन १८ गते देखि सम्पूर्ण निजी तथा सामुदायिक विद्यालय भौतिक उपस्थितिमै पठनपाठन गर्ने अनुमति दिने निर्णय गरेको थियो ।

उपमहानगरले कक्षा ५ सम्मका आधारभुत विद्यालयमा कक्षा ४ र ५, ८ सम्मका आधारभुत विद्यालयमा ६ देखि ८ र १० सम्मका माध्यमिक विद्यालयमा कक्षा ८ देखि १० र १२ सम्मका माध्यमिक विद्यालयमा ८ देखि १२ सम्मको कक्षा मात्र भौतिक उपस्थिति मै संचालन गर्न भनेको छ । अन्य कक्षाको हकमा तत्काल को लागि बन्द नै राख्न उपमहानगर ले निर्देशन दिएको हो ।

अन्य कक्षाका विद्यार्थीलाई पनि टेलिफोन, अनलाईन, भिडियो कन्फ्रेन्स मार्फत व विद्यार्थीको घरमा नै गई सिकाई सहजीकरण गर्न र गृहकार्य दिन उपमहानगरले जारी गरेको सूचनामा उल्लेख छ ।विद्यालय संचालन गर्दा विद्यालयको कम्पाउन्ड, कक्षाकोठा, शौचालय, प्रयोगशाला लगायतका ठाउँहरु दैनिक रूपमा सेनिटाईज गर्नुपर्ने छ ।

एउटा बेन्चमा १ जना मात्र विद्यार्थीलाई राख्नु पर्ने त्यसको लागि कक्षाकोठा, डेस्कबेन्च अपुग भए २ सिफ्टमा कक्षा संचालन गर्नुपर्ने नगर शिक्षा समितिले निर्णय गरेको छ ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

ब्रम्हपुरी आधारभूत विद्यालयमा आज छात्राहरुलाइ साइकल वितरण
१४ महिनापछि संघीय संसदमा नयाँ विधेयक
पर्सा बाराको उद्योग कलरकारखाना र गाडी ग्यारेजहरुमा आज विश्वकर्मा पुजा भव्य रुपमा मनाइँदै
आज हरितालिका ,तीज शिवालयहरुमा वर्तालुको भीड