कलैया सिम्रोनगढमा सडकखण्डमा चल्ने बसमा एक व्यक्ति मृत अवस्थामा फेला



बाराको कलैया सिम्रोनगढमा सडकखण्डमा चल्ने ओम बिनायक यात्रु बाहक बसमा एक जना व्यक्ति मृत अवस्थामा फेला परेका छन् । कलैयाबाट सिम्रोनगढका लागी छुटेको ना ं३ ख ५५१९ नम्बर बसको सिटमा एक यात्रु मृत अवस्थामा फेला परेका हुन । मृत्यु हुनेमा बाराको पचरौता नगरपालिका वडा नम्बर ५ टोल श्रीनगर बैरीयाका ५० बर्ष ग्यासुलिन अँसारी रहेको मृतकका आफन्त हासिम अन्सारीले जानकारी दिउनुभयो । मृत्युको कारण भने खुल्न नसकेको प्रहरीले जनाएको छ । शवलाई पोष्टमार्टमको लागी कलैया अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

अफगानिस्तानमा बेरोजगारी बृद्धि
अघिल्लो सरकारले नियुक्त गरेको सबै राजदूत फिर्ता बोलाउने सरकारको निर्णय
नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ३३० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि
उपकार सेवा नेपाल द्वारा पर्सा र बाराका गरि दुइ सामुदायिक विद्यालयलाइ पंखा प्रदान