काठमाण्डौ –श्रीलङ्का सिधा उडान सेवा , आज देखि सुरु



वीरगन्ज,१५ भाद्र । काठमाण्डौ –श्रीलङ्का सिधा उडान सेवा , आज देखि सुरु भएको छ । श्रीलङ्काबाट लुम्बिनीमा आउने बौद्ध धर्मावलम्बीलाई लक्षित गर्दै आज देखि काठमाण्डौ –श्रीलङ्का उडान सुरु भएको हो । श्रीलङ्कन एअरले तत्काललाई हप्तामा दुई दिन मङ्गलवार र शनिवार कोलम्बो–काठमाण्डौ उडान भर्ने छ ।

त्यसपछि यात्रुको चाप अनुसार उडान संख्या थपघट गर्ने तयारी छ । पहिलो दिन आज श्रीलङ्काको राष्ट्रिय ध्वजावाहक श्रीलङ्कन एअरलाइन्स काठमाण्डौ आइपुगेको छ । आज बिहान ९ बजेर ४० मिनेटमा १ सय ४० जना यात्रु लिएर श्रीलङ्कन एअरको पहिलो उडान काठमाण्डौ आइपुगेको हो ।नेपालका लागि आधिकारिक ट्राभल एजेन्सी जेनिथ ट्राभल प्रालिका अनुसार रोजगारीका लागि श्रीलङ्का जाने नेपालीलाई लक्षित गरेर उडान सुरु गरिएको र यसले अवस्था सामान्य भएपछि पर्यटन प्रवर्द्धनमा समेत टेवा पुग्नेछ ।

यस्तै भारत हुँदै लुम्बिनी घुम्न आउने बौद्ध धर्मावलम्बी लगायतलाई पनि सजिलो हुने विश्वास गरिएको छ ।श्रीलङ्काको कुल जनसङ्ख्याको ७० प्रतिशत , बौद्ध धर्मावलम्बी छन् । नेपाल घुम्न आउने विदेशी पर्यटकमा श्रीलङ्का प्रमुख पाँच देशभित्र पर्छ । अहिले श्रीलङ्कन एअरलाइन्सले साउदी अरेबिया, कतारको दोहा, माल्दिभ्स र दुबई उडान गरिरहेको छ ।एअरलाइन्सले आउँदो सेप्टेम्बरदेखि जापान, अस्ट्रेलिया र लण्डनमा पनि उडान सुरु गर्ने योजना बनाएको छ ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

भङ्गगहाका भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले नेपालीहरुलाइ विभिन्न बहानामा दुख दिने गरेको स्थानीयहरुकोगुनासो
महानगरपालिकाको स्वास्थ्य सेवा प्रवाहमा कुनै कमी हुन नहुने , नगरप्रमुख सरावगीको दाबी
बाराका एक २० बर्षीय कोरोना संक्रमित युवकको मृत्यु
वीरगन्जको सुख्खा बन्दरगाहद्धारा लक्ष्य भन्दा बढी राजश्व संकलन गर्न सफल