कुखुरा फर्ममा आगलागि १५ सय भन्दा बढी कुखुराको चला जलेर नष्ट



 

माघ १६ बीरगञ्ज

पर्साको सखुवा प्रसौनी गाउँपालिका वाड नंबर २ पंचगावाँ बजार नजिकै रहेकोे एक पोल्ट्री फर्ममा गएराती आगलागि हुदा करिब १५ लाखको क्षति भएको छ । विधुतिय तार सर्ट भएरु भएको आगलागीमा १५ सय भन्दा बढी कुखुराको चला जलेर नष्ट भएको कुखुरा फर्मका सञ्चालक राधेश्याम रामले बताउनुभयो । आगलागीले कुखुरा खोरमा रहेको कुखुरा, खोर भित्र राखिएको पाँच क्विन्टल कुखुराको दाना र खोर भित्रको सबै समान जलेर नष्ट भएको स्थानीय प्रभु सहनीले बताउनुभयो । कुखुरा फर्ममा लागेको आगो ईलाका प्रहरी कार्यालय एकटाङ्गा, सशस्त्र प्रहरी बल सुरक्षा बेस क्याम्प बागेश्वरी तित्रौना, पंचगावाको नेपाली सेना र स्थानीयको सहयोगमा नियन्त्रणमा लिएको कुखुरा फर्म संचालक राधेश्याम रामले बताउनु भयो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

ब्रम्हपुरी आधारभूत विद्यालयमा आज छात्राहरुलाइ साइकल वितरण
१४ महिनापछि संघीय संसदमा नयाँ विधेयक
पर्सा बाराको उद्योग कलरकारखाना र गाडी ग्यारेजहरुमा आज विश्वकर्मा पुजा भव्य रुपमा मनाइँदै
आज हरितालिका ,तीज शिवालयहरुमा वर्तालुको भीड