कोरोनाको तेस्रो लहरसंग जुध्न नारायणी अस्पतालको पुर्वतयारी सन्तोषजनक नभएको सरकारवालाहरुको भनाइ,




वीरगन्ज,२० साउन । स्वास्थ्य मन्त्रालयले कोरोना संक्रमणको तेस्रो लहर आउनसक्ने भन्दै अस्पतालहरुलाई तयारी अवस्थामा रहन निर्देशन नै जारी गरेपनि वीरगन्जको नारायणी अस्पतालको तयारी भने सन्तोषजनक रहेको छैन ।

नारायणी अस्पतालले तेस्रो लहरसंग जुध्न आवश्यक तयारी समयमै सुरु नगरे , वीरगन्जको अवस्था फेरि अवस्था भयावह हुनसक्ने सरोकारवालाहरुले बताएका छन् । नारायणी अस्पतालमा करिब २ महिनाअघि स्थापनाको प्रक्रिया अघि बढेको अक्सिजन प्लान्ट अहिले सम्म पनि सन्चालनमा आउन सकेको छैन ।

पर्सा क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य विमल श्रीवास्तवको संसदीय कोषबाट प्रदान गरिएको २ करोड रुपैयाँ बजेटले अक्सिजन प्लान्ट राख्ने तयारी गरिएको भएपनि प्लान्ट स्थापना गर्न थालेको २ महिना हुन लागिसक्दा पनि त्यसले पूर्णता पाउन सकेको छैन । संघ सरकारबाट प्लान्ट निर्माणका लागि सामान नै पठाइँदा पनि ती सामान समेत प्रयोग विहीन बनेका छन् ।

दोस्रो लहरका बेला अक्सिजनको माग धेरै भएकाले अस्पतालमै प्लान्ट स्थापना गरेर अक्सिजनको अभाव अन्त्य गर्ने भनिएको थियो । त्यसका लागि बजेट र आवश्यक सामानको जोहो भइसकेको भएपनि अस्पताल व्यवस्थापनक पक्षको असक्षमताले काम हुन नसकेको अस्पतालकै कर्मचारीले बताएका छन् । अस्पतालका निमित्त मेसु डाक्टर. वीरेन्द्र बहादुर प्रधानले भने कोरोनाभाइरस संक्रमणको तेस्रो लहरसँग जुध्न तयारी भईरहेको बताउनुभयो ।

गत वर्षभन्दा हाल अस्पतालको तयारी दुरुस्त अवस्थामा रहेको उहाको दाबी छ । स्वास्थ्य मन्त्रालय, दातृ निकाय, सरोकारवालालगायतकाको सहयोगले तेस्रो लहरसँग जुध्न अस्पताललाई सक्षम बनाएको उहाले बताउनुभयो ।अस्पतालको मातहातमा रह्ने गरि २ सय शैयाको कोभिड विशेष अस्पताल निर्माणका लागि टेण्डर जिम्मा लगाईसकिएको जानकारी दिदै उहाले २४ सँै घण्टा काम गरेर भएपनि यथाशिघ्र कोभिड विशेष अस्पताल निर्माणको तयारीमा आफूहरु लागिपरेको बताउनुभयो ।अक्सिजन प्लान्टको एउटा भाग स्थापना भईसकेको र सञ्चालनको तयारी थालिएको डा. प्रधानको भनाई छ ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

ब्रम्हपुरी आधारभूत विद्यालयमा आज छात्राहरुलाइ साइकल वितरण
१४ महिनापछि संघीय संसदमा नयाँ विधेयक
पर्सा बाराको उद्योग कलरकारखाना र गाडी ग्यारेजहरुमा आज विश्वकर्मा पुजा भव्य रुपमा मनाइँदै
आज हरितालिका ,तीज शिवालयहरुमा वर्तालुको भीड