कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै वीरगन्जको नारायणी अस्पतालमा छुट्टै ‘कोभिड डेडिकेटेड भवन’ बनाउने



वीरगन्ज, १४ साउन । कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै वीरगन्जको नारायणी अस्पतालमा छुट्टै ‘कोभिड डेडिकेटेड भवन’ बनाइने भएको छ । त्यसका लागि निर्माण कम्पनीसँग ठेक्का सम्झौताको प्रक्रिया अन्तिम चरणमा पुगेको र आगामी आइतबार सम्झौता गर्ने गरी आवश्यक काम अघि बढाइएको नारायणी अस्पतालले जनाएको छ ।

खुल्ला प्रतिस्पर्धाबाट २ करोड १६ लाख रुपैयाँमा विनोद साह–वनशक्ति जेभी निर्माण कम्पनीलाई ठेक्का दिन लागिएको पनि अस्पतालले जनाएको छ । नारायणी अस्पतनलमा रहेको शवगृह नजिकैको जग्गामा कोभिड डेडिकेटेड अस्पताल बनाउन लागिएको हो । ‘कोभिड डेडिकेटेड भवन निर्माणका लागि स्वास्थ्य मन्त्रालयले तीन करोड रुपैयाँ निकासा गरेको थियो ।

त्यही रकमबाट ‘कोभिड डेडिकेटेड भवन’ बनाउन लागिएको अस्पताल प्रशासनले जनाएको छ ।अस्पतलका जिन्सी शाखा प्रमुख सुशील यादवका अनुसार निर्माण कम्पनीलाई तीन महिनाको समय दिएर काम लगाइनेछ । काम सम्पन्न हुँदा ६६ वटा बेड अट्न सक्ने एकतले भवन तयार हुनेछ । तर अस्पतालले मन्त्रालयसँग थप बजेट माग गरेर तीन तल्लासम्म बनाउने सोच बनाएको छ ।

थप दुई करोड रुपैयाँ निकासा भएको खण्डमा तीनतल्ले भवन तयार हुने र त्यसबाट दुई सय बेडको केभिड सेवा दिन सकिने अस्पतालको भनाइ छ ।छुट्टै कोभिड डेडिकेटेड ठाउँ भएपछि अन्य सेवा बन्द नगरी कोभिड सेवा दिन सक्ने अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डाक्टर वीरेन्द्र प्रधानले बताउनुभयो । कोभिड भवनमा भेन्टिलेटर, अक्सिजन कन्सन्ट्रेटर लगायत आवश्यक सबै सेवा सुविधा भएको एचडीयू, आईसीयू बेड तयार गरिने निमित्त मेसु डाक्टर प्रधानको भनाइ छ ।

यस्तै नारायणी अस्पतालमै कोरोना संक्रमणबाट मृत्यु भएकाको शव व्यवस्थापनका लागि छुट्टै शवगृह समेत तयार भइरहेको छ । असारमै सम्झौता भई अंकित निर्माण कम्पनीले शवगृह बनाइरहेको छ । त्यसका लागि स्वास्थ्य मन्त्रालयले २० लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो । निर्माण कम्पनीले १६ लाखमा ठेक्का सकारेर काम शुरु गरेको थियो ।निर्माणको काम अन्तिम चरणमा पुगेको अस्पतालको जिन्सी शाखा प्रमुख यादवले बताउनुभयो । ‘शवगृहको छत ढलान भइसकेको भन्दै उहाले रंगरोगन, प्लाष्टर गर्ने लगायतको काम मात्र बाँकी रहेको जानकारी दिनुभयो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

ब्रम्हपुरी आधारभूत विद्यालयमा आज छात्राहरुलाइ साइकल वितरण
१४ महिनापछि संघीय संसदमा नयाँ विधेयक
पर्सा बाराको उद्योग कलरकारखाना र गाडी ग्यारेजहरुमा आज विश्वकर्मा पुजा भव्य रुपमा मनाइँदै
आज हरितालिका ,तीज शिवालयहरुमा वर्तालुको भीड