क्यालिफोर्निया च्याप्टरको सचिवमा चितवनका अधिकारीको उम्मेदवारी घोषणा



जुलाई, 31 क्यालिफोर्निया गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद अमेरिका (NRNA NCC USA) क्यालिफोर्निया स्टेट च्याप्टरको सचिब पदमा सान फ्रान्सिस्को निबासी रोशन अधिकारीले उम्मेद्वारी दिएका छन् । नेपालमा रहँदा समेत समाजसेवीमा जीवन विताएका अधिकारीले अमेरिकामा समेत समाजसेवी कार्यलाई निरन्तरता दिने भन्दै अगस्ट ११ र १२ गते हुने अधिबेसनका लागि उम्मेदवारी घोषणा गरेका हुन् । गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद अमेरिकाको आगामी सन् २०१७/२०१९ सम्मका लागि पदाधिकारी चयनका लागि निर्वाचन हुँदैछ । समाजसेवामा रमाउने अधिकारीले ‘एकतामा नै बल हुन्छ’ भन्नेकुरामा जोडदिन्छन् । राम्रोलाई भन्दा हाम्रोलाई अगाडी बढाउने र जे काम पनि अन्योलमा पार्ने सिस्टमको विरुद्ध आफ्नो लडाई रहेको र यस्तो प्रथा हटाउनको लागि आफूले उमेदवारीको घोषणा गरेको अधिकारीले गरे । उम्मेदवारी घोषणा गर्दै अधिकारीले भने, –आफ्नो जन्मभूमि छोडेर कर्मभुमि आएपछि सबैको प्रमुख सम्स्या भनेको नै सम्पर्क, सामान्य जीवन, काम र समाजलाई सिक्ने कुराहरु हुन् । बस्दै आएका ब्यक्तिहरु मात्र होइन नयाँ जेनेरेशनहरुलाई करियर गाइड, समाजको समग्र बिषय बस्तु उठाउनु, इमिग्रेशनका सल्लाह, सुचना केन्द्र जस्ता कुरा नै तत्कालका गर्नु पर्ने काम हुन र आफु तिनै सामान्य काम गर्नको लागि प्रयासरत रहन्छु । अहिलेसम्म क्यालिफोर्नियामा कति नेपालीहरु बसोबास गर्छन् भन्ने बारेमा तथ्याङ्क संकलन गर्नु आवश्यक रहेको भन्दै अधिकारीले त्यसपछि मात्र यहाँ रहेका नेपालीहरु माझ के कस्ता कार्यक्रम गर्न सकिन्छ भन्ने कुरा केन्द्रीइ तहसम्म पहल गरी नेपालीहरुको सबै धर्म, सस्कृति, भाषा बचाउनको लागि बर्षमा एक पल्ट भब्य रुपमा कार्यक्रम आयोजना गरिने बताए । क्यालिफोर्निया बसाइको क्रममा प्रतक्ष्य अनि अप्रतक्ष्य रुपमा नेपाली समाजको लागि काम गरेका अधिकारीले आफ्नो क्षमताले सके सम्म अझै शषक्त रुपमा निस्वार्थ भावनाका साथ काम गर्ने अठोट लिई मतदाताहरुको माझमा आएको कुरा अबगत गराउनुभयो। कुराकानीको क्रममा आफु बोलेर भन्दा काममा विश्वास गर्ने व्यक्ति भएकोले आफुले अहिले के के गर्छु भनेर एजेणडा लिस्ट गर्नु भन्दा सामान्य काम गरेर देखाउने प्रयास गर्नु नै सहि हुन्छ । मलाई आशा र भरोशा छ मलाई हजुरहरुले आफ्नो अमुल्य मत दिएर अत्याधिक मतले जिताउनु हुनेछ अधिकारीले अनुरोध गर्नभयो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

धानमा मल हाल्ने समय सकिएप्छि मात्रै फेरि वीरगन्जमा मल यूरिया भित्राइद
विजयवस्तीमा प्रहरी चौकीको अगाडिबाट नै मोटरसाइकलको पाटपुर्जा चोरी
गादी खोला किनारको रूखमा एकजना झुण्डिएको अवस्थामा फेला
नेपाल भारत सीमा नाका खुला गर्ने सरकारले निर्णय गरेको आज एकहप्ता बितिसकेको भएपनि अझै सीमा खोल्ने संकेत देखिएन