गगन थापाको टक्कर सुबुना बस्नेतसँग



असोज २४  स्थानीय तहको निर्वाचनमा काठमाडौं महानगरपालिकाबाट २३ वर्षिया रञ्जु दर्शनालाई उम्मेदवार बनाएको विवेकशील साझा पार्टीले काठमाडौं ४ मा यसपटक २६ वर्षिया सुबुना बस्नेतलाई उम्मेदवार बनाएको छ।इलाममा जन्मिएकी सुबुना २६ वर्षकी भइन् । उनी राजनीति होमिएको भने चार वर्ष भयो । विवेकशील नेपाल मञ्चको सदस्य हुँदै पार्टी केन्द्रीय सदस्य भएकी उनी एमबीए अध्ययनरत छिन् ।चिकित्सा शिक्षा क्षेत्रको सुधारको माग गर्दै डा. गोविन्द केसीले सुरु गरेको अभियानका क्रममा पनि उनले सक्रिय सहभागिता जनाउँदै आएकी थिइन् । काठमाडौं क्षेत्र नम्बर ४ बाट चुनाव लड्ने निर्णय आफ्नो र पार्टी दुबैको भएको उनले बताइन् ।सुबुनाको प्रतिस्पर्धा यसपटक काँग्रेसका नेता गगन थापासँग हुनेछ। थापा यसअघि पनि काठमाडौं क्षेत्र नं ४ बाट विजयी भैसकेका छन्। काठमाडौं ४ मा अन्य क्षेत्रहरु जस्तै सडक, खानेपानी जस्ता समस्या रहेको भन्दै उनले भने, ‘मैले कसैका विरुद्ध भन्दा पनि समस्यासँग जुध्न चुनाव लड्न लागेको हुँ ।’हालै भएको स्थानीय तह निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ४ मा पर्ने महानगरपालिकाको दुईवटा वडामा विकेकशील पार्टीले उम्मेवारी दिएको थियो । उनीहरुसँग छलफल थालेको र छिट्टै चुनावी अभियान अघि बढाउने उनले बताइन् ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

विश्व भोकमरी सूचांकमा नेपाल ७६ औं स्थानमा पुगेको छ
टीकाको उत्तम साइत बिहान १० : ०२ बजे शुरु गरियो
सामुदायिक रेडियो माडीको चौथो अधिवेशन सम्पन्न, नयाँ कार्यसमिति गठन
बडा दसैँको मुख्य दिन आज देखि सुरु, वीरगन्जको प्रसीद्ध शक्तिपिठ गहवामाइ मन्दिरमा पनि हर्षोल्लाशका साथ फुलापाती भित्रयाइयो