गाउँपालिकाकी उपाध्यक्ष कुशमी देवीसहित ३ जना जनप्रतिनिधिले (लोसपा) नेपाल रोजे



वीरगन्ज,१६ भाद्र । पर्सामा पकहा मैनपुर गाउँपालिकाकी उपाध्यक्ष कुशमी देवीसहित ३ जना जनप्रतिनिधिले लोकतान्त्रीक समाजवादी पार्टी (लोसपा) नेपाल रोजेका छन् ।पर्साका ३ जना जनप्रतिनिधिले लोसपाको पक्षमा सनाखत गरेको जिल्ला निर्वाचन कार्यालय पर्साकी प्रमुख रंजिता झाले बताउनुभयो ।

वीरगंजको राधेमाईमा रहेको जिल्ला निर्वाचन कार्यालयमा पुगेर पकहा मैनपुर गाउँपालिकाकी उपाध्यक्ष कुशमीसहित पोखरिया नगरपालिका वडा नं. १ का वडाध्यक्ष बंका राउत कुर्मी र जगरनाथपुर गाउँपालिका वडा नं. ६ का वडाध्यक्ष अयोध्या पटेलले लोसपा रोज्दै हस्ताक्षर गरेका हुन् ।यस्तै, प्रदेश सभा सदस्य प्रहलाद गिरीले पनि लोसपा रोज्ने बुझिएको छ ।

उहा भोली (बिहिबार) प्रदेश निर्वाचन कार्यालय जनकपुरमा पुगेर महन्थ ठाकुर नेतृत्वको लोसपा रोज्दै हस्ताक्षर गर्ने नेता निजामुद्दिन समानीले जानकारी दिनुभयो । लोसपा रोज्नेहरु सबै जना गत निर्वाचनमा तत्कालिन संघिय समाजवादी फोरमबाट निर्वाचित भएका जनप्रतिनिधिहरु हुन् ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

ब्रम्हपुरी आधारभूत विद्यालयमा आज छात्राहरुलाइ साइकल वितरण
१४ महिनापछि संघीय संसदमा नयाँ विधेयक
पर्सा बाराको उद्योग कलरकारखाना र गाडी ग्यारेजहरुमा आज विश्वकर्मा पुजा भव्य रुपमा मनाइँदै
एमसीसी उपाध्यक्ष सुमारले पूर्वप्रधानमन्त्री ओलीसँग भेट गर्दै, विपक्षी दलका नेतासँग भेटेपछि मात्रै प्रधानमन्त्री देउवासँग भेटवार्ता गर्ने