गादी खोला किनारको रूखमा एकजना झुण्डिएको अवस्थामा फेला



वीरगन्ज,१०असोज । पर्साको विन्दवासिनी गाँउपालिका वडा नम्बर ५ स्थित गादी खोला किनारको रूखमा एकजना झुण्डिएको अवस्थामा हिजो फेला परेका छन । हिजो करिब ९ बजेको समयमा काठमाण्डौको साविक डाँछी गाउँ पन्चायत वडा नम्बर ७ का ४९ बर्षीय जनार्दन पराजुली झुण्डिएको अवस्थामा फेला परेको पर्सा प्रहरीले जनाएको छ । खोलाको किनारमा रूखमा झुण्डीएको अवस्थामा फेला परेका मृतकको साथमा नागरीकता पनि फेला परेको पर्साका प्रवतmा प्रहरी नायब उपरिक्षक ओमप्रकाश खनालले जानकारी दिनुभयो । उहाँका अनुसार के करणले झुण्डिएको बिषयमा अनुसन्धान भईरहेको र मृतक पराजुलीको शवलाई पोष्टमार्टमका लागी नारायणी अस्पतालमा पठाईएको बताउनुभयो । पर्सा प्रहरीले पहिचान गर्नका लागी आफ्नो ईमेल र फेसबुक पेज मार्फत मृतक पराजुलीको नागरीकता र तस्बिर पनि सार्वजनिक गरेको खनालले बताउनुभयो । साथै मृतकको तस्बिर हेरेर आफन्त तथा चिन्ने व्यक्तिले जिल्ला प्रहरी कार्यालय पर्सामा सम्पर्क गर्न प्रवतmा खनालले आग्रह गर्नुभएको छ ।

 


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

बडा दसैँको मुख्य दिन आज देखि सुरु, वीरगन्जको प्रसीद्ध शक्तिपिठ गहवामाइ मन्दिरमा पनि हर्षोल्लाशका साथ फुलापाती भित्रयाइयो
दुई वर्ष देखि कोरोनाले प्रभावित वीरगन्जमा यसपाली भने दशैं मेलाको चहलपहल शुरु
तरकारीका लागि पकेट क्षेत्र रहेको सिम्रौनगढमा आलुको बिऊ महंगो हुँदा कृषकहरु मारमा
वीरगन्जमा स्थापना गरिएको भेजपुरी प्रतिष्ठानको कार्यालय आज देखि सन्चालनमा