चालु आर्थिक वर्षको दुई महिनामै दुई खर्ब ७० अर्ब ४७ करोड रुपैयाँ बराबरको व्यापार घाटा



वीरगन्ज,९ असोज । चालु आर्थिक वर्षको दुई महिनामै दुई खर्ब ७० अर्ब ४७ करोड रुपैयाँ बराबरको व्यापार घाटा भएको छ । गएको वर्षको २ महिनामा नेपालले एक खर्ब ५८ अर्ब ४० करोड ३२ लाख रुपैयाँ बराबरको व्यापार घाटा बेहोरेको थियो । भन्सार विभागका अनुसार गएको वर्षको २ महिनाको तुलनामा व्यापार घाटा ७० दशमलव ७५ प्रतिशतले हो । आयातसँगै निर्यातमा वृद्धि भएको छ ।

भदौ मसान्तसम्मको तथ्याङ्कअनुसार आयातमा ७५ दशमलव ८६ र निर्यातमा १ सय १५ दशमलव ४३ प्रतिशतले वृद्धि भएको छ । तथ्याङ्कअनुसार दुई महिनामा ४४ अर्ब तीन करोड ९५ लाख ९१ हजार रपैयाँ बढीको स्वदेशी वस्तुको निर्यात भएको छ भने तीन खर्ब १४ अर्ब ५१ करोड ७१ लाख रुपैयाँ बराबरको विदेशी वस्तुको आयात भएको छ । सबैभन्दा धेरै आयात भारतबाट भएको छ ।

भारतबाट एक खर्ब ८७ अर्ब ७१ करोड ८० लाख ४५ हजार रुपैयाँ बराबरको आयात भएको छ । भारतपछि ठूलो मात्रामा चीनबाट ४२ अर्ब ८४ करोड ७५ लाख रुपैयाँ बराबरको आयात भएको छ । २ महिनामा भारतमा ३६ अर्ब १७ करोड ४३ लाख र चीनमा १५ करोड ८० लाख रुपैयाँ बराबरको निर्यात भएको छ ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

चाडवाड बढेसँगै वीरगन्ज भन्सारबाट हलुका सवारी साधनको आयात बढ्यो
कोअपरेटिभ लिडर्स क्लब पर्साको आयोजनामा विजयादशमी,शुभ दिपावली तथा छठ पर्वहरुको शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न
भारतमा भन्दा नेपालमा डिजेलको मुल्य सस्तो भएपछि पर्सामा डिजेलको तस्करी बढ्दो
वीरगन्ज पथलैया सडकखण्डमा मापदण्ड बिपरित पेट्रोल पम्पहरु संचालित