चितवनको लोथरमा दुईवटा ट्रक ठोक्किँदा एक जनाको मृत्यु , तीन जना घाइते


३०, मंसिर, 

चितवनको राप्ती नगरपालिका–१ लोथरमा दुईवटा ट्रक ठोक्किँदा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा मकवानपुरको हेटौडा उपमहानगरपालिका–१४ का २६ वर्षीय वीरबहादुर लोप्चनको रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । पूर्वबाट पश्चिमतर्फ गइरहेको ना ५ ख ८७४३ नम्बरको ट्रक र विपरीत दिशा तर्फबाट आउदै गरेको ना ६ ख ७९६७ नम्बरको ट्रक लोथरमा आज बिहान ठोक्किँदा चार जना घाइते भएका थिए । घाइतेमध्ये ना ५ ख ८७४३ नम्बरको ट्रकका चालक लोप्चनको पुरानो मेडिकल कलेज भरतपुरमा उपचारका क्रममा आज विहान साढे ८ बजे मृत्यु भएको प्रहरी नायब उपरीक्षक एकनारायण कोइरालाले बताउनुभयो । दुर्घटनामा घाइते भएका ना ६ ख ७९६७ नम्बरको ट्रकका चालक झापाको कन्काइ नगरपालिका–१ का ४० वर्षीय अर्जुन जोगी, त्यही ट्रकका सहचालक मोरङका २० वर्षीय प्रज्ज्वल देवान र ना ५ ख ८७४३ नम्बरको ट्रकका सहचालक मकवानपुरको बाग्मती गाँउपालिका–१ का २० वर्षीय सोमबहादुर थिङको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद इदुल जोहा आज हर्षोल्लासपूर्वक मनाइँदै
प्रदेश २ का सुरक्षा निकायका प्रमुखहरुको टोलीले हिजो दिउँसो स्थलगत निरिक्षण
कोरोना संक्रमितको यात्रा विवरण र सम्पर्कमा रहेकाहरुको खोजी शुरु
कंगोमा इस्लामिक अतिवादी समुहको आक्रमणमा परी २२ जनाको मृत्यु