चीनबाट थप १० लाख डोज खोप नेपाल आइपुग्यो




वीरगन्ज, ७ साउन । चीनबाट खरिद गरिएको थप ३२ लाख मध्ये पहिलो चरणमा आज ८ लाख डोज भेरोसेल खोप नेपाल ल्याइँएको छ । नेपाल वायुसेवा निगमको जहाजबाट आज दिउसो ८ लाख डोज खोप काठमाण्डौ आइ पुगेको राष्ट्रिय खोप अभियानका संयोजक डा. झलक गौतमले बताउनुभयो ।
चीनबाट आज ल्याइएको ८ लाख डोज भेरोसेल खोप प्रदेश १, कर्णाली तथा सुदुरपश्चिम प्रदेशमा वितरण गरिने गौतमले बताउनुभयो ।यसअघि चीनबाट आयात गरिएको भेरोसेल खोप अभियान प्रदेश २, वागमती, गण्डकी र लुम्बिनी प्रदेशमा संचालन गरिएको थियो ।यसैबीच, कोरोना संक्रमण विरुद्धको खोप निश्चिन्त भएर लगाउनका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आग्रह गरेको छ ।
पछिल्लो समय तोकिएका उमेर समुहका नागरिकले खोपको प्रभावकारीता प्रति आशंका गर्दै बहिष्कार गर्ने क्रम बढेको भन्दै उक्त भ्रममा नपर्न स्वास्थ्य मन्त्रालयले आग्रह गरेको हो । मन्त्रालयका सचिव डा. रोशन पोखरेलले विश्व स्वास्थ्य संगठनबाट प्रमाणित भएको खोप भएकाले निर्धक्क भई अभियानमा सहभागी हुन आग्रह गर्नु भएको छ ।
तेस्रो चरणको परीक्षण सफलतापूर्वक सम्पन्न भई प्रयोगमा ल्याइएको हुनाले कुनै किसिमको द्धिविधा राख्नु नपर्ने सचिव डा. पोखरेलको भनाई छ । अमेरिकाले कोभ्याक्स सुबिधा मार्फत उपलब्ध गराएको जोन्सन एन जोन्सन खोपमा तोकिएका सबै लक्षित वर्गले सहभागीता नजनाएपछि मन्त्रालयले यस्तो आग्रह गरेको हो ।
अमेरिकामा उक्त खोप अभियानमा सहभागी सवा करोड मध्ये करिव १ सय जनामा प्यारालायसिसजन्य समस्या निम्तिएको थियो । तर त्यो समस्या खोपकै कारण नभएको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

विश्व भोकमरी सूचांकमा नेपाल ७६ औं स्थानमा पुगेको छ
टीकाको उत्तम साइत बिहान १० : ०२ बजे शुरु गरियो
सामुदायिक रेडियो माडीको चौथो अधिवेशन सम्पन्न, नयाँ कार्यसमिति गठन
बडा दसैँको मुख्य दिन आज देखि सुरु, वीरगन्जको प्रसीद्ध शक्तिपिठ गहवामाइ मन्दिरमा पनि हर्षोल्लाशका साथ फुलापाती भित्रयाइयो