चीनबाट सन् २०२१ भित्र साइनोफार्म कम्पनीको थप ७६ लाख डोज भेरोसेल खोप आउने



वीरगन्ज,१५ असोज । चीनबाट सन् २०२१ भित्र साइनोफार्म कम्पनीको थप ७६ लाख डोज भेरोसेल खोप आउने भएको छ । अनुदानको १६ लाख डोज यही अक्टोवर भित्र तथा खरिदको ६० लाख डोज आगामी डिसेम्बर भित्र नेपाल आइपुग्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको व्यवस्थापन महाशाखा प्रमुख उपेन्द्र ढुंगानाले बताउनुभयो ।

उक्त खोप हाल पहिलो डोज लगाएकाहरुका लागि दोस्रो डोजका रुपमा तथा यसअघि तोकिएकामध्ये खोप लगाउन छुटेकाहरुलाई पहिलो डोजको रुपमा दिइने खोप शाखा प्रमुख सागर दाहालले बताउनुभयो ।त्यस्तै कोभ्याक्स सुविधा अन्र्तगत करिव १ लाख डोज फाइजर खोप पनि यही अक्टोबर भित्र नेपाल आउँदैछ ।

उक्त खोप दीर्घरोग भएका व्यक्तिलाई उपलब्ध गराइने सरकारले जनाएको छ ।यसैविच, हिजो मात्रै मुलुकभर करिव ५ लाख जनाले कोभिड १९ विरुद्धको खोप लगाएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

नेपालमा भेरोसेल खोपको मौज्दात करिव २२ लाख रहेको खोप शाखा प्रमुख दाहालले बताउनुभयो । आगामी चैत सम्ममा ५ करोड डोज खोप ल्याउने लक्ष्य रहेकाले सर्वै नागरकलाई खोपको पहुँचमा पु¥याउने सरकारले प्रतिवद्धता जनाएको छ ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

टीकाको उत्तम साइत बिहान १० : ०२ बजे शुरु गरियो
नेपालमा पछिल्लो २४ घण्टामा थप ७ सय ८५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि
नेपालमा कोरोना ६० प्रतिशतले घट्यो, उपत्यकामा पहिलो मात्रा ८१ र पूर्णमात्रा ७४ प्रतिशतले लगाइए
अमेरिकी इलेक्ट्रोनिक्स डाइभर्सिटी भिसा डिभीको आवेदन खुल्ला