चुनावी कार्यक्रम बिथोल्न राजपाका नेता कार्यकर्ताहरु आन्दोलनमा,बाराको कलैयामा प्रहरी र रfजपा कार्यकर्ता बिच झडप हुदा चार जना घाइते



जेठ २९ आन्दोलनको घोषणासँगै राष्ट्रिय जनता पार्टीका नेता कार्यकर्ताहरु आसन्न स्थानीय तहको निर्वाचन बिथोल्न आज देखि सडकमा उत्रिएका छन् । पर्सामा सोमबार राष्ट्रिय जनता पार्टीका नेता कार्यकर्ताहरुले चुनावसँग सम्बन्धित दुईवटा कार्यक्रममा अवरोध पु¥याएका छन् । वीरगञ्जको श्रीपुरमा रहेको नेपाल राष्ट्रिय विद्यापिठ उच्च माविमा आज देखि आयोजना गरिको मतदान अधिकृतहरुको प्रशिक्षण कार्यक्रममा राष्ट्रिय जनता पार्टीका नेता कार्यताहरुले अवरोध पु¥याएका हुन् ।नेपाल राष्ट्रिय विद्यापिठ उच्च माविमा आयोजना गरिएको मतदान अधिकृतहरुको दुई दिने प्रशिक्षण कार्यक्रम विथोल्न पुगेका राष्ट्रिय जनता पार्टीका नेता कार्यकर्ता र प्रहरी बीच सामान्य झडप समेत भएको छ । उनिहरुले कार्यक्रम स्थल अगाडि सोमबार बिहान टायर बालेर निर्वाचन विरोधी नाराबाजी पनि गरेका थिए । उनिहरुले प्रशिक्षण कायृक्रममाा सहभागी हुन आएका मतदान अधिकृत र सहायक अधिकृतहरुलाइ कार्यक्रम स्थलमा प्रवेश गर्न नदिइ उनिहरुको जस्उमा हिलो पनि छयापिदिएका थिए ।
कार्यक्रम स्थल अगाडि राष्ट्रिय जनता पार्टीका नेता कार्यकर्ताहरुले टायर बालेर प्रदर्शन गरेपनि कडा सुरक्षा दिएर विद्यालय परिसर भित्र कार्यक्रम भने सञ्चालन गरिएको पर्साका प्रमुख जिल्ला अधिकारी केशवराज घिमिरेले जानकारी दिनुभयो । मतदान अधिकृतहरुलाई प्रशिक्षण कार्यक्रममा अवरोध पु¥याएको जिल्ला निर्वाचन कार्यालय पर्साका प्रमुख हुमनाथ पराजुलीले जानकारी दिनुभयो । मधेसलाई अधिकारबाट वञ्चित गरेर गर्न लागिएको चुनाव कुनैपनी हालतमा सफल हुन नदिने पार्टीको निर्णय अनुसार प्रदर्शन गरिएको राष्ट्रिय जनता पार्टीका युवा नेता इश्वर यादवले बताउनु भयो । यस्तै पर्साको पकाहामैनपुर गाउँपालिकामा असार १४ गतेको निर्वाचन सम्बन्धमा छलफलका लागि आज आयोजना गरिएको सर्वदलीय बैठकमा पनि राष्ट्रिय जनता पार्टीका कार्यकर्ताहरुले अवरोध पु¥याएका छन् । राजपाका स्थानिय नेता उपेन्द्र सहनीको नेतृत्वमा गएका कार्यकताहरुले गाउँपालिकाको कार्यलयमा आयोजना गरिएको सर्वदलिय बैठकमै गएर हो–हल्ला गरेका थिए । सर्वदलिय बैठक चलिरहेको अवस्थामा गएर माईनट बुक च्यात्नुका साथै हो हल्ला गरेर बैठक विथोलि दिएको राजपाका नेता गोविन्द यादवले बताउनु भयो । त्यस क्रममा दुवै तर्फबाट चर्काचर्की समेत भएको उहाँले बताउनु भयो । तर पकाहामैनपुर गाउँपालिकाका प्रमुख प्रकाश पोखरेलले भने कार्यक्रमका सहभागीहरुले नै अन्तिममा होहल्ला मात्रै गरेको बताउनुभयो ।
यसैबिच बारामा मतदान अधिकृतहरुका लागि आज आयोजना गरिएको प्रशिक्षण कार्यक्रममा अवरोध पु¥याउन गएका राष्ट्रिय जनता पार्टीका कार्यकर्ता र प्रहरी बीच झडप भएको छ । कलैया स्थित रामराजा मोहन विक्रम शाह क्याम्पसमा आयोजना गरिएको प्रशिक्षण कार्यक्रममा अवरोध पु¥याउन गएका राष्ट्रिय जनता पार्टीका नेता कार्यकर्ता र प्रहरी बीच झडप भएको हो । झडपमा परी चार जना आन्दोलनकारी घाईते भएका छन् ।घाईते हुनेहरुमा बाराको फेटा गाउँपालिका ३ बरैनियाकी उर्मिला उपाध्याय, कलैया उपमहागनरपालिका वडा नम्बर ६ की लालमति देवि, कलैया उपहानगरपालिका वडा नम्बर २५ की कृणावती देवि र कलैया उपमहानगरपालिका वडा नम्बर ५ का साहिर मन्सुर रहेका छन् ।आन्दोलनकारीहरुले कार्यक्रम राखिएको क्याम्पसमा तालाबन्दी गर्नुको साथै प्रदर्शन समेत गरेको राजपाका विधार्थी नेता सन्तोष यादवले जानकारी दिनुभयो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

भङ्गगहाका भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले नेपालीहरुलाइ विभिन्न बहानामा दुख दिने गरेको स्थानीयहरुकोगुनासो
महानगरपालिकाको स्वास्थ्य सेवा प्रवाहमा कुनै कमी हुन नहुने , नगरप्रमुख सरावगीको दाबी
बाराका एक २० बर्षीय कोरोना संक्रमित युवकको मृत्यु
राष्ट्रियसभा दुई विधेयक पारित