चैती छठ पर्बका लागि वीरगन्जको विभिन्न स्थानमा रहेका छठघाटहरुमा सरसफाइ



चैत्र १९ श्रद्धा, भक्ति र सम्पूर्ण तराई मधेशको साझा सांस्कृतिक धरोहरका रुपमा मनाइने चैती छठ पर्वको आज दोश्रो दिन ब्रतालुहरु निर्जला ब्रत बसेका छन् । सत्य र अहिंसा प्रति मानवको रुचि बढाउने र सबै जीव प्रति सहानुभूति राख्न अभिप्रेरित गर्ने तराईवासीको महान् चाड छठ पर्व कात्तिक र चैतमा गरि वर्षमा दुइ पटक मनाउने गरिन्छ । चैती छठ पर्ब हिजो देखि विधीवत रुपमा शुरु भएको हो । चैत शुक्लपक्षमा चार दिन सम्म मनाइने चैती छठ पर्वको पहिलो दिन अर्थात हिजोको दिनलाइ नहाए खाएके दिन पनि भन्ने गरिन्छ । हिजोको दिन छठका व्रतालुहरुले खोला, नाला, नदी, पोखरी र तलाउ लगायतका जलाशयमा नुहाइ धुवाई गरेर शुद्ध भई लुसन र प्याज बेगरको चोखो साकाहारी खाना खाने गर्छन् । छठको दोश्रो दिन आज अर्थात पञ्चमी तिथिको दिनलाई ‘खरना’ भनिन्छ । खरनाका दिन आज व्रतालुहरु दिनभरि निर्जला व्रत बस्छन् र साँझ पख नुहाएर चोखो भई आफ्नो कुल देवताको पूजा कोठामा नयाँ चुलो बनाएर त्यसैमा चामल र भेलीको खीर रसीआव तथा गहुको रोटी प्रसादका रुपमा पकाउने गर्छन् । उक्त प्रसाद अर्थात रसीआव रोटी चन्द्रोदय पछि चन्द्रमालाई चढाएर पूजापाठ गरेपछि ब्रतालुहरु उक्त प्रसाद ग्रहण गरेर निर्जला ब्रत बस्छन् । छठको तेश्रो दिन अर्थात षष्ठी तिथीलाइ छठको मुख्य दिन मानिन्छ । जसलाइ सँझीया घाटे पनि भनिन्छ । यस दिन ब्रतालु मलिाहरुले नदि, पोखरी, तलाउ लगायतका जलाशयमा तयार पारिएको छठघाटमा पुगेर साँझ पख अस्ताउदो सुर्यलाइ र भोलि पल्ट सप्तमीका दिन बिहान उदाउदो सुर्यलाइ अर्घ दिएर पूजापाठ गरेपछि छठ पर्ब विधिवत रुपमा समापन हुन्छ । छठपूजामा सुर्य भगवान र छठी मातालाइ पूजापाठ र अर्घ दिनका लागि गहुँ वा चामलको पिठोबाट ठेकुवा बनाउने गरिन्छ । यस्तै मुला, गाजर, बेसारको हरियो बेर्ना, ज्यामिर, नरिवल, सुन्तला, केरा, स्याउ, पानी सिंगडा, सुथनी, उखु लगायतका फुलफुल पनि सुर्य भगवान र छठी मातालाइ अर्घ दिने गरिन्छ । छठ पर्वमा व्रत गरे दुःख र दरिद्रताबाट मुक्ति पाइन्छ भन्ने धार्मीक जनविश्वास रही आएको छ ।
यसैबिच पर्सा, बारा लगायतका मध्यतराईका जिल्लामा रहेका छठघाटहरुमा सरसफाइ गरिएको छ । बीरगञ्जको घडीअर्वा, रानीघाट, नगवा, मुर्ली, छपकैया लगायतका छटघाटहरुमा सरसफाई गरिएको हो ।घडीअर्वा छठघाटमा आज छठ पूजा व्यवस्थापन समितिले सरसफाइ गरेको स्थानीय शम्भु साह कानुले जानकारी दिनु भयो । यस्तै वीरगन्जको श्रीपुरमा रहेको मिलिनियम इंग्लिश बोर्डिङ स्कुलले आज रानीघाट छठघाटमा सरसफाइ गरेको छ । विधालयका विधार्थी , शिक्षक , सन्चालक समिति र टोल सुधार समितिका सदस्यहरुले छठघाट तथा आसपासको क्षेत्रमा सरसफाइ गरेका हुन् । सरसफाइ कार्यक्रममा विद्यालयका प्रधानाध्यापक भुप नारायण पटेल , संचालक समितिका सदस्यहरु साबीर अहमद एराज , अमन चौरसीया , सिकेन्द्र चौहान , जादोलाल साह , टोल सुधार समितिका चन्देश्वर तिवारी लगायतको सहभागीता रहेको थियो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

अफगानिस्तानमा बेरोजगारी बृद्धि
अघिल्लो सरकारले नियुक्त गरेको सबै राजदूत फिर्ता बोलाउने सरकारको निर्णय
नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ३३० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि
उपकार सेवा नेपाल द्वारा पर्सा र बाराका गरि दुइ सामुदायिक विद्यालयलाइ पंखा प्रदान