जगरनाथपुर गाउँपालिकाबाट हटाईएको भन्दै पर्साको पिडारीगुठीका बासिन्दाहरु आन्दोलित



जेठ १० पर्साको पिडारीगुठीका बासिन्दाहरु आन्दोलित भएका छन् । जगरनाथपुर गाउँपालिकाबाट जिराभवानी गाउँपालिकामा सारिएको विरोधमा उनीहरु आन्दोलित भएका हुन् ।उनीहरुले पिडारीगुठीलाई जगरनाथपुर गाउँपालिकामै यथावत गरिनुपर्ने माग राख्दै बिहानैदेखि हुलाकी रार्जमार्ग अन्र्तगत वीरगञ्ज–ठोरी सडकखण्ड अवरुद्ध पारेका छन् । राजनीतिक दलका स्थानीय नेताहरुको अगुवाईमा आन्दोलनमा उत्रिएका स्थानीयले प्रदर्शन र नाराबाजी समेत गरेका थिए । आन्दोलनमा गाउँमा क्रियाशिल माओवादी केन्द्र, नेपाली काँग्रेस, एमाले, फोरम नेपाल, राजपा नेपालका स्थानीय नेताहरु समेत सहभागी छन् । जिराभवानीमा रहेका अन्य गाउँहरु आफूहरुका लागि नयाँ गाउँ भएकोले जगरनाथपुरमै बस्नु उचित हुने नेकपा माओवादी केन्द्रका स्थानीय नेता राजा हुसैनले बताउनुभयो । जगरनाथपुर गाउँपालिकाबाट पिडारीगुठी, पटेर्वासुगौली गाउँपालिबाट सुपौली, जितपुर परसवा र शंकर सरैया तथा सुवर्णपुर गाउँपालिकाबाट सेढवा मिलाएर जिराभवानी गाउँपालिका बनाईएको हल्ला चलेपछि उनीहरु आन्दोलित भएका हुन् । पिडारीगुठी बाहेक थारु बाहुल्य क्षेत्र हुन् । यसैबीच पर्साको सुवर्णपुर गाउपालिका अन्तर्गतका सेढवा र महादेवपटीलाई छुट्याई जीरा भवानी गाउँपालिका कायम भएको भन्दै त्यस क्षेत्रका सर्वसाधारण खुसी भएका छन् । सेढवा, महादेवपटी, जीतपुर, सुपौली र शंकरसरैया गरी ५ गाविस मिलाई जिराभवानी गाउँपालिका कायम गर्ने निर्णय सरकारले गरेको भन्दै स्थानियले स्वागत गरेका छन् । यी गाविसहरुका सर्वसाधारणहरुको भेषभुषा, बोलीचाली तथा संस्कृति र परम्परा मिलेका कारण यहाँ सर्वसाधारणहरु खुशी भएका सेढवाका निबर्तमान गाविस अध्यक्ष महादेव प्रसाद महतोले जानकारी दिनुभयो । जीरा भवानी गाउँपालिकालाई कुनै पनि दवाब दिएर टुक्रयाउन खोजे यी पाँचै गाविसका जनता सशक्त आनदोलनमा उत्रिने समाजसेवी ठाकुर प्रसाद महतोले चेतावनी समेत दिनुभयो।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

अफगानिस्तानमा बेरोजगारी बृद्धि
अघिल्लो सरकारले नियुक्त गरेको सबै राजदूत फिर्ता बोलाउने सरकारको निर्णय
नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ३३० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि
उपकार सेवा नेपाल द्वारा पर्सा र बाराका गरि दुइ सामुदायिक विद्यालयलाइ पंखा प्रदान