जनता समाजवादी पार्टीको ठोरी गाउँपालिका वडा नम्बर –४ मा श्रद्धाञ्जली सभा सम्पन्न



 

माधव तिमिल्सिना
ठोरी,१६ भाद्र । जनता समाजवादी पार्टीले ठोरी गाउँपालिका वडा नम्बर –४ मा आज श्रद्धाञ्जली सभा सम्पन्न गरेको छ । पार्टीका केन्द्रिय सदस्य अन्जान शाक्य एवम् जिल्लाका नेताकार्यकर्ताहरुको उपस्थितिमा शान्तिटोलमा श्रद्धाञ्जली सभा सम्पन्न गरेको जसपा ठोरी –५ का संयोजक बिमल प्रधानले जानकारी दिनुभयो । ठोरीका जसपा युवा नेता बिष्णु लोप्चनको श्रीमती छेवाङ तामाङको निधन भएको १३ औं दिनको पुण्य तिथिको अवसर पारेर पार्टीले कार्यक्रमको आयोजना गरेको नेता प्रधानले जानकारी दिनुभयो । नेता लोप्चनको श्रीमती छेवाङ्को गत भदौ ४ गते उपचारका क्रममा निधन भएको थियो। उहाको जसपा नेतृ हिसिला यामी, नेता आङ्काजी शेर्पा , अन्जान शाक्य लगायतले पार्टीको झण्डा ओढाएर बौद्ध संस्कृति अनुसार अन्त्यष्टी गरिएको थियो। १३ औं दिनको पुण्य तिथि पारेर आयोजित कार्यक्रममा जसपा पर्सा उपाध्यक्ष जरी लामा , नेताहरु मोहनलाल चौधरी , विरेन्द्र यादव , जनार्दन यादव , बिमल प्रधान लगायतको उपस्थिति थियो।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

उपकार सेवा नेपाल द्वारा पर्सा र बाराका गरि दुइ सामुदायिक विद्यालयलाइ पंखा प्रदान
मल्टी स्पर्श स्पेशलिटी अस्पतालले एकजना बिरामीको निशुल्क शल्यक्रिया गर्यो
पर्साको ग्रामीण भेगको जनता सडकमा पर्ने खोलाहरुमा पुल नबन्दा स्थानीयवासीलाई सास्ती,
ब्रम्हपुरी आधारभूत विद्यालयमा आज छात्राहरुलाइ साइकल वितरण