जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले बसपार्कमा यात्रु सहायता कक्ष स्थापना



वीरगन्ज,१७ असोज । जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले बसपार्कमा यात्रु सहायता कक्ष स्थापना गरेको छ । चाडवाड नजिकिएसँगै सार्वजनिक सवारी साधनमा यात्रुहरु ठगिने भएकोले यात्रुलाई सहजताका लागि यात्रु साहयता कक्षको स्थापना गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रहरी निरीक्षक सुमन कार्कीले जानकारी दिनुभयो ।

सहायता कक्षको पर्साका प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेले उदघाटन गर्नुभएको छ । यात्रु सहायता कक्षको उदघाटन गर्दै प्रमुख जिल्ला अधिकारी घिमिरेले तोकिएको भन्दा बढी भाडा लिनु कानून विपरित भएकोले त्यसो नगर्न यातायात व्यवसायीहरुलाई आग्रह गर्नुभयो । प्रशासनको आग्रहलाई अटेर गरे कानून अनुसार कारवाही गरिने प्रमुख जिल्ला अधिकारी घिमिरेले चेतावनी पनि दिनुभयो ।

हरेक बर्ष चाडपर्वमा यात्रुहरुको चाप बढी हुने भएपछि यातायात सवारी साधनहरुले यात्रुसँग बढी भाडा लिने गरेको गुनासोहरु आउने हुँदा यसको नियन्त्रणका लागि यात्रु सहायकता कक्षको आवश्यकता महशुस गरेर स्थापना गरिएको प्रहरी निरीक्षक कार्कीले बताउनुभयो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

टीकाको उत्तम साइत बिहान १० : ०२ बजे शुरु गरियो
सामुदायिक रेडियो माडीको चौथो अधिवेशन सम्पन्न, नयाँ कार्यसमिति गठन
बडा दसैँको मुख्य दिन आज देखि सुरु, वीरगन्जको प्रसीद्ध शक्तिपिठ गहवामाइ मन्दिरमा पनि हर्षोल्लाशका साथ फुलापाती भित्रयाइयो
नेपालमा पछिल्लो २४ घण्टामा थप ७ सय ८५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि