जिल्ला प्रशासन कार्यालय पर्साद्वारा स्मार्ट लकडाउनलाई प्रभावकारी कार्यान्वयन गर्ने निर्णय



कृष्णउदास खनाल
वीरगन्ज,१७ भाद्र । जिल्ला प्रशासन कार्यालय पर्साले स्मार्ट लकडाउनलाई अझै ब्यवस्थित बनाउने निर्णय गरेको छ । सरकारले हाली जारी गरेको कोभिड १९ संकट ब्यवस्थापन अध्यादेश २०७८लाई प्रभावकारी कार्यान्वयन गर्ने सवालमा स्मार्ट लकडाउनलाई पर्सामा पनि प्रभावकारी रुपमा कार्यान्वयन गरिने निर्णय भएको पर्साका प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेले जानकारी दिनुभयो ।

बिद्यालय संचालनको सवालमा सम्बन्धित स्थानीय तहले नै ब्यवस्थापन गर्नुपर्ने र त्यसमा स्वास्थ्य सुरक्षा मापदण्ड पालना भए नभएको भने अनुगमन गरिने पनि जिल्ला प्रशासन कार्यालय पर्साले आज एक सूचना जारी गर्दै बताएको छ ।

पर्सामा हाल बिद्यालयहरु संचालनमा रहेको तर स्वास्थ्यका मापदण्डहरु पालना कम भएको गुनासो बढेपछि प्रशासनले सूचना जारी गर्दै अनुगमन गरिने जनाएको हो ।

चाडपर्वहरुमा भीडभाड नगर्न र घरमा नै बसेर सकेसम्म्म पर्वहरु मनाउन पनि प्रशासनले सबैलाई आग्रह गरेको छ ।पर्सामा अहिले सभा,सम्मोलन,कार्यक्रम लगायतका गतिबिधिहरु संचालनका लागि रोक लगाइएको पनि कुरा प्रशासनले सूचना मार्फत सबैलाई जानकारी गराएको छ ।

पछिल्ला दिनमा बिभिन्न राजनीतिक दलहरुले कार्यक्रम गर्न थालेपछि प्रशासनले सचेत गराएको हो । हिन्दु महिलाहरुको पर्व तीज नजिकिदै गरेको सवालमा लक्षित गर्दै प्रशासने चाडवाडको नाउँमा भीडभाड नगर्न भनेको हो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

ब्रम्हपुरी आधारभूत विद्यालयमा आज छात्राहरुलाइ साइकल वितरण
पर्सा बाराको उद्योग कलरकारखाना र गाडी ग्यारेजहरुमा आज विश्वकर्मा पुजा भव्य रुपमा मनाइँदै
वीरगन्ज महानगरपालिकाद्धारा फेरि बिद्यार्थीहरुलाई कोरोना बिरुद्धको खोप लगाउने तयारी
पर्सामा लगाइएको धानीबालीमा दाना नै नलाग्ने समस्या देखिएपछि किसानहरु चिन्तित