जिल्ला सेक्टर तथा ईलाका बन कार्यालय पर्साको कर्मचारीको मिलोमतोमा व्यापक बन फडानी



बैशाख १० स्थानीय तहको चुनाव नजिकिदै जादा जिल्लाका सम्पुर्ण सुरक्षा निकायका कर्मचारीहरु चुनाव तिर केन्द्रीत भएकै बेला जिल्ला बन कार्यालय पर्सा र सेक्टर बन कार्यालय तथा ईलाका बन कार्यालयहरुको कर्मचारीको मिलोमतोमा व्यापक मात्रामा बन फडानी भइरहेको छ । जिल्लाको सेक्टर बन कार्यालय बढनियार, ईलाका बन कार्यालय छतुवन टारी,ईलाका बन कार्यालय सबैया, ईलाका बन सोलकपुर ,ईलाका बन कार्यालय मानवां ,ईलाका बन कार्यालय रङपुर , ईलाका बन कार्यालय भतौडा,ईलाका बन कार्यालय हरैया लगाएतका सहायक बन अधकृत तथा सशस्त्र बन रक्षकहरुको मिलोमतोमा व्यापक रुपले बन फडानी भैरहेको पाइएको छ।गाउका केही बेरोजगार युवाहरू ले बन कर्मचारी हरुलाइ पैसाको प्रलोभन मा पारी काठ तस्करी गरिरहेको समाचार श्रोतले जनाएको छ। खासरी दिनहु सयौ साइकल सालको गोलिया काठ तस्करी भैरहेको भएपनी सिमा क्षेत्रमा रहेका नेपाल प्रहरी तथा सशस्त्र प्रहरी काठ तस्करी रोक्न उदासिन देखिएकोले तस्करीमा उनिहरुको पनि मिलोमतो रहेको हुनसक्ने पुष्टि भएको छ। तस्करी भएको काठ हरु ग्रामीण क्षेत्रमा रहेका सबमिल हरुमा चिरान गरि टेक्टर तथा बसहरुमा लोड सहरको विभिन्न ठाउँमा पुर्याउने गरिएको श्रोतले दाबी गरेको छ ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

अफगानिस्तानमा बेरोजगारी बृद्धि
अघिल्लो सरकारले नियुक्त गरेको सबै राजदूत फिर्ता बोलाउने सरकारको निर्णय
नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ३३० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि
उपकार सेवा नेपाल द्वारा पर्सा र बाराका गरि दुइ सामुदायिक विद्यालयलाइ पंखा प्रदान