झण्डै डेढ वर्ष पछि वीरगन्ज नाका भएर भारतीय यात्रु बाहक सवारी साधनहरु सुचारु



वीरगन्ज,१५ असोज । झण्डै डेढ वर्ष पछि आज देखि वीरगन्ज नाका भएर भारतीय यात्रु बाहक सवारी साधनहरु आउजाउ गर्न थालेका छन् । कोभिडको पहिलो लहर शुरु भए देखि नै वीरगन्ज नाकामा भारतीय यात्रुवाहक सवारीसधानहरुलाइ नेपाल प्रवेशमा रोक लगाइएको थियो । तर गत असोज ५ गतेको मन्त्रिपरिषदको निर्णय अनुसार , आज देखि वीरगन्ज सहित देशभरका सबै स्थल नाकाहरुबाट भारतीय यात्रुवाहक सवारी साधनहरुलाइ नेपाल प्रवेश गर्न दिइएको हो ।

यसैबिच भारतबाट नेपाल प्रवेश गर्ने मुलुककै प्रमुख प्रवेशद्धार वीरगन्जको शंकराचार्य गेटमा आज बिहान औपचारिक कार्यक्रमका बिच भारतीय निजी सवारीको आवागमन सुचारु गरिएको छ । भारतबाट प्रवेश गर्ने पहिलो सवारीका चालक सहित उक्त सवारीसाधनमा सवार भएकाहरुलाई फूलमाला लगाएर स्वागत गरिएको होटल तथा पर्यटन व्यवसायी संघ वीरगन्जका अध्यक्ष हरी पन्तले जानकारी दिनुभयो ।

कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा वीरगन्ज महानगरपालिकाका नगरप्रमुख विजय कुमार सरावगीले पैदल यात्रुहरुको आवागमन यसअघि पनि जारी रहेकोमा आजदेखि निजी सवारीको पनि आवागमन हुनुले दुई देशबिचको सम्बन्धमा अझै आत्मियता बढ्ने धारणा राख्नुभयो ।

मित्र राष्ट्र भारत र नेपाल बिचको रोटी बेटीको सम्बन्धका कारण पनि निजी सवारीको आवागमन सुचारु हुनुपर्ने माग आज पूरा भएको सरावगीको भनाई छ । लामो समयसम्म सिमानाका बन्द हुँदा वीरगञ्ज र रक्सौलसहितका बासिन्दालाई आवतजावतमा असहजता भइरहेको हुँदा उक्त समस्या अब भने हटेको सरावगीले बताउनुभयो ।

निजी सवारीको आवागमन सुचारु गराउन होटल तथा पर्यटन व्यवसायी संघ वीरगन्जले गरेको पहलको पनि नगर प्रमुख सरावगीले सह्राना गर्नुभयो । नाका खुलेसँगै भारतीय पर्यटकहरु भित्रिने र थला परेको होटल एवम् पर्यटन व्यवसायले विस्तारै गति लिने संघका अध्यक्ष पन्तले बताउनुभयो । अध्यक्ष पन्तका अनुसार सिमाना भएर आउने यात्रुहरुको एन्टिजेन परीक्षण गरेर आउने व्यवस्था गरिएको छ ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

टीकाको उत्तम साइत बिहान १० : ०२ बजे शुरु गरियो
सामुदायिक रेडियो माडीको चौथो अधिवेशन सम्पन्न, नयाँ कार्यसमिति गठन
बडा दसैँको मुख्य दिन आज देखि सुरु, वीरगन्जको प्रसीद्ध शक्तिपिठ गहवामाइ मन्दिरमा पनि हर्षोल्लाशका साथ फुलापाती भित्रयाइयो
नेपालमा पछिल्लो २४ घण्टामा थप ७ सय ८५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि