टयाकटर पल्टिदा दुइ भारतीयको ज्यान गयो



साउन ९ बीरगंज
पर्साको दुग्धेश्वर माहदेव मन्दिरमा लाग्ने सोमबारे भाथा मेलामा जल चढाउनका लागि जादै गरेको टयाकटर पल्टिदा दुइ जना भारतीय नागरिककको ज्यान गएको छ।पर्साको सखुवा प्रसौनी गाउँपालिकामा ना ५ त ३६३० नम्बरको ट्याक्टर मध्यरातमा पल्टिदा भारतको मोतिहारी जिल्ला थाना रक्सौल ग्राम पञ्चायत पनटोकाका ५० बर्षिय महेन्द्र पसवान र ९ बर्षिया पुजा कुमारीको मृत्यु भएको हो । अन्य ७ जना घाईते भएका छन् । उनीहरुको उपचारको क्रममा नारायणी उपक्षेत्रिय अस्पताल वीरगञ्जमा मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनमा पर्साको सिमावर्ती गाउँ पन्टोका कै सोभा देवी राम, राधिका देवि पासवान, सन्तोष राम, बिटु कुमार साह, सुमिन्त्रा राम, र ट्याक्टर चालक बुनिलाल राम समेत घाइते भएका हुन् । सोभादेवि बाहेकका घाईतेहरु नारायणी उपक्षेत्रिय अस्पताल वीरगञ्जमा उपचारपछि घर फर्किएका छन् । सोभादेविको खुट्टा भाँचिएकोले उपचार भईरहेको छ । ट्याक्टर सडक खण्डबाट १० मिटर तल खेतमा खसेको थियो । घाईतेहरुलाई प्रहरी चौकी रंगपुरटाडी, ईलाका प्रहरी कार्यालय पटेर्वा सुगौली, प्रहरी चौकी महुवन र सशस्त्र प्रहरी बल सुरक्षा बैसक्याम्प बागेश्वरी तित्रौनाको प्रहरी टोलीले उद्दार गरेको थियो । ट्याक्टरमा २५ जना सवार थिए । अन्यको अवस्था सामान्य छ । चालक बुनिलाल रामले अत्याधिक मादक पदार्थ सेवन गरि ट्याक्टर चलाएका कारण दुर्घटना भएको प्रहरीले जनाएको छ ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

ब्रम्हपुरी आधारभूत विद्यालयमा आज छात्राहरुलाइ साइकल वितरण
१४ महिनापछि संघीय संसदमा नयाँ विधेयक
पर्सा बाराको उद्योग कलरकारखाना र गाडी ग्यारेजहरुमा आज विश्वकर्मा पुजा भव्य रुपमा मनाइँदै
आज हरितालिका ,तीज शिवालयहरुमा वर्तालुको भीड