टुनामुना गरि ठग्गी गरेको आरोपमा वीरगन्जबाट चार भारतीय पक्राउ



साउन ६ बीरगंज
टुनामुना गरि ढुङगा र धातुलाइ सुन बनाइ दिन्छु भनेर सर्वसाधरण्लाइ ठग्दै हिडेको आरोपमा प्रहरीले वीरगन्जबाट चार जना भारतीय नागरिकलाइ पक्राउ गरेको छ । वीरगन्जका विभिन्न घरमा पुगेर धातु र ढुंगालाइ सुन बनाइ दिन्छु भनेर नगद रकम र सुनको गहना ठगेर हिडेका भारतको उत्तर प्रदेश राज्यको बलिया हनुमान गाँउका पिन्टु नट , ओमनाथ नट , नरेश नट र सुरज नटलाइ प्रहरीले वीरगन्जको श्रीपुरबाट बिहीबार पक्राउ गरेको हो । उनिहरुले रौतटहको सोनरनीया घर भइ हाल वीरगजको रोधमाइमा बस्ने रत्नेश्वर तिवारीसंग आधा तोला सुन र मुर्ली नयाँ टोलकी जोहरा खातुनसंग कानमा लगाउने सुनको टप एक जोर ठगेर लगेको खबर पाएपछि वडा प्रहरी कार्यालय श्रीपुरबाट खटिएको प्रहरीको टोलीले चारै जनालाइ श्रीपुरबाट पक्रेको हो । पक्राउ परेका चारै जना भारतीय नागरिकलाइ जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखेर ठगी मुद्धामा कार्वाही प्रकृया अगाडि बढाइएको पर्साका प्रहरी उपरिक्षक सुदीप गिरीले जानकारी दिनु भयो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

भङ्गगहाका भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले नेपालीहरुलाइ विभिन्न बहानामा दुख दिने गरेको स्थानीयहरुकोगुनासो
महानगरपालिकाको स्वास्थ्य सेवा प्रवाहमा कुनै कमी हुन नहुने , नगरप्रमुख सरावगीको दाबी
बाराका एक २० बर्षीय कोरोना संक्रमित युवकको मृत्यु
राष्ट्रियसभा दुई विधेयक पारित