ठाकुरराम बहुमुखी क्याम्पसको विज्ञान संकायमा उत्कृष्ट गरेका विद्यार्थीहरुलाई पुरस्कार वितरण



दिपेन्द्र साह
वीरगन्ज,१६ भाद्र । वीरगन्जको ठाकुरराम बहुमुखी क्याम्पसको २०७६ सालको ब्याचमा विज्ञान संकाय तर्फ उत्कृष्ट गरेका विद्यार्थीहरुलाई आज पुरस्कार वितरण गरिएको छ । २०७२ सालमा भर्ना भएर क्याम्पसमा उत्कृष्ट नतिजा ल्याएका विद्यार्थीद्धय निशा कर्ण र रितेश कुमार पटेललाई नगद २५ हजार सहित पुरस्कृत गरिएको हो ।

वीरगन्ज कै स्थानीय तथा ठाकुररामका पुर्व विद्यार्थी मनिष श्रेष्ठले आफ्नो जिउँदो आमाबुवा चन्द्र बहादुर श्रेष्ठ र बिमला देवी श्रेष्ठको नाममा स्थापना गरेको कोषबाट उनीहरुलाई पुरस्कृत गरिएको हो । विद्यार्थीहरुलाई वीरगन्ज महानगरपालिकाका नगरप्रमुख विजय कुमार सरावगीले पुरस्कार प्रदान गर्नुभएको थियो ।

पुरस्कार वितरण कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख सरावगीले वीरगन्ज कै ठुलो क्याम्पसले पहिलो चोटी अक्षय कोष मार्फत पुरस्कार वितरण गरेको गर्व लागेको बताउनुभयो । उहाँले अगामी दिनमा ठाकुर राम बहुमुखी क्याम्पसमा उत्कृष्ट नतिजा ल्याउनेलाई हौसला प्रदानका लागी विभिन्न कोष स्थापना गरी पुरस्कार वितरण गर्न आग्रह गर्नुभयो ।

पुरस्कार वितरण कार्यक्रममा भिडियो कन्प्रेन्स मार्फत हाल अमेरीका बस्दै आएका अक्षय स्थापना गरेका मनिष श्रेष्ठ , चन्द्र बहादुर श्रेष्ठ ,बिमला देवी श्रेष्ठ ,क्याम्पस प्रमुख डा.उमेश चौरसीया ,स्टोर शाखा कि गीता श्रेष्ठ,धनश्याम चौरसीया लगायतकाको सहभागीता रहेको थियो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

ब्रम्हपुरी आधारभूत विद्यालयमा आज छात्राहरुलाइ साइकल वितरण
१४ महिनापछि संघीय संसदमा नयाँ विधेयक
पर्सा बाराको उद्योग कलरकारखाना र गाडी ग्यारेजहरुमा आज विश्वकर्मा पुजा भव्य रुपमा मनाइँदै
आज हरितालिका ,तीज शिवालयहरुमा वर्तालुको भीड