ठोरी ४ मा लगाईएको अबैध गाजाँ खेति नष्ट



माघ १६ बीरगञ्ज
पर्साको ठोरी गाउँपालिका वडा नम्बर ४ मा लगाईएको अबैध गाजाँ खेति आज प्रहरीले नष्ट गरको छ । सुर्तिबारी भित्र लुकाईछिपाई रोपिएको करिब १० धुर जमिनको अबैध गाँजा खेती ईलाका प्रहरी कार्यालय ठोरी र सशस्त्र प्रहरी वोर्डर आउट पोष्ट सुवर्णपुरबाट खटिएको संयुक्त सुरक्षा टोलीले फाँडेर नष्ट गरेको हो । बिशेष सुराकीको आधारमा सुर्ती खेती भित्र गाजा खेती गरिएको सुचना प्राप्त भएकोले खोजी गर्दै जादा गाजा खेती गरेको पाइएकोले वडा अध्यक्ष बई बहादुर पाख्रीनको रोहबरमा गाजा जलाएर नष्ट गरिएको ईलाका प्रहरी कार्यालय ठोरीका प्रहरी निरीक्षक लोकेन्द्र सिंह गुरुले जानकारी दिनुभयो । गाजा लागू औषध भएकोले यसको फडानीलाई निरन्तरता दिने उहाँले जानकारी दिनुभयो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

अफगानिस्तानमा बेरोजगारी बृद्धि
अघिल्लो सरकारले नियुक्त गरेको सबै राजदूत फिर्ता बोलाउने सरकारको निर्णय
नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ३३० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि
उपकार सेवा नेपाल द्वारा पर्सा र बाराका गरि दुइ सामुदायिक विद्यालयलाइ पंखा प्रदान