डम्पिङ साईट नभएको भन्दै सरसफाइ कर्मचारीले कलैया उपमहानगरपालिकाको मुलगेट गरे घेराउ



जय यादव
कलैया,१७ भाद्र । बजार क्षेत्रको फोहोर फाल्ने डम्पिङ साईट नभएको भन्दै आज बिहान सरसफाइ कर्मचारीले कलैया उपमहानगरपालिकाको मुलगेट घेराउ गरेका छन् । बिहान करिब सात बजे कलैया उपमहानगरपालिका वडा नम्बर–१ का सरसफाइ कर्मचारीहरु ट्रयाक्टरमा लोड गरिएको फोहोर सहित उपमहानगरपालिकाको मुल गेटमा प्रदर्शन गरेका हुन् । नगर प्रमुख राजेश राय यादवले फोहोर व्यवस्थापनको जिम्मा वडा कार्यालयहरुले लिएकोले उपमहानगरपालिकाको कार्यालय घेराउ गर्न उचित नहुने बताएपछी सरसफाईका कर्मचारीहरु विरोध प्रदर्शन रोकेका थिए ।वडा नम्बर–१ का अध्यक्ष हरिओम साहको उक्साहटमा सरसफाइ कर्मचारीहरु उपमहानगरपालिकाको मुलगेट घेराउ गर्न पुगेको नगरपालिकाको भनाइ छ ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

ब्रम्हपुरी आधारभूत विद्यालयमा आज छात्राहरुलाइ साइकल वितरण
पर्सा बाराको उद्योग कलरकारखाना र गाडी ग्यारेजहरुमा आज विश्वकर्मा पुजा भव्य रुपमा मनाइँदै
वीरगन्ज महानगरपालिकाद्धारा फेरि बिद्यार्थीहरुलाई कोरोना बिरुद्धको खोप लगाउने तयारी
पर्सामा लगाइएको धानीबालीमा दाना नै नलाग्ने समस्या देखिएपछि किसानहरु चिन्तित