तन्दुरुस्त शरीरले बिकास एंव समृद्धीको लागि मानिसलाइ उत्प्रेरित गर्ने फोरम नेता सरावगीको भनाई



असार १६संघीय समाजवादी फोरम नेपालका तराई मधेस प्रदेशका कोषाध्यक्ष विजय कुमार सरावगीले तन्दुरुस्त शरीरले स्वस्थ्य मन र स्वस्थ्य मनले बिकास एंव समृद्धीको लागि मानिसलाइ उत्प्रेरित गर्ने बताउनु भएको छ ।वीरगन्जको माइस्थानमा संचालित पब्लिक फिटनेश सेन्टरमा शुक्रबार आयोजित कार्यक्रममा सरावगीले योग, ब्ययाम, आहार र आरचण सहि तरिकाले गर्न सके पछिको फाइदाको बारेमा प्रकाश पार्नु भयो । आफ्नो शरीरलाई सुगठित बनाउनुका साँथै मस्तिष्कलाई पनि स्वस्थ्य बनाउन प्रणायामको माध्यम अपनाउन उहाले सल्लाह दिनु भयो । फिटनेश सेन्टरका संचालक एंव सन् २०१६ का मिस्टर वीरगन्ज करन यादवको अध्यक्षतामा भएको कार्यक्रममा प्रशिक्षार्थी कुन्दन सिंह र आकाश सिंहलाई मायाको चिनो दिएर सम्मानित गरिएको थियो । कार्यक्रममा पत्रकारहरु राम सर्राफ र रितेश त्रिपाठी तथा पल्लवी अग्रवाल, राज अग्रवाल लगायको उपस्थिती रहेको थियो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

ब्रम्हपुरी आधारभूत विद्यालयमा आज छात्राहरुलाइ साइकल वितरण
१४ महिनापछि संघीय संसदमा नयाँ विधेयक
पर्सा बाराको उद्योग कलरकारखाना र गाडी ग्यारेजहरुमा आज विश्वकर्मा पुजा भव्य रुपमा मनाइँदै
आज हरितालिका ,तीज शिवालयहरुमा वर्तालुको भीड