तीन वटा मात्र लाइसेन्स भएको हतियार व्याक्तिहरुले जिल्ला प्रहरी कार्यालय पर्सामा बुझाए



चैत्र १५ स्थानीय तह निर्वाचनलाइ लक्षित गरि जिल्ला प्रशासन कार्यालय पर्साले जिल्लामा रहेका इजाजत प्राप्त हतियार बझुाउन सार्वजनिक सुचना जारी गरेको ११ दिनमा जम्मा तीन वटा मात्र हतियार सम्बन्धित व्याक्तिहरुले जिल्ला प्रहरी कार्यालय पर्सामा बुझाएका छन् । जिल्ला प्रशासन कार्यालयका अनुसार पर्सामा इजाजत प्राप्त बन्दुक र पेस्तोल गरि कुल सात सय ७२ वटा हतियार व्याक्तिको प्रयोगमा रहेको छ । ती मध्ये १२ बोरको बन्दुक पाच सय ८२ वटा , २२ बोरको बन्दुक एक सय सात वटा , भरुवा बन्दुक एउटा , हावादारी बन्दुक १६ वटा , पेस्तोल ११ वटा , रिभल्बर दुइ वटा र अन्य विभिन्न थरिका बन्दुक ५३ वटा रहेको जिल्ल प्रशासन कार्यालय पर्साले जनाएको छ । चैत ३ गते बसेको जिल्ल सुरक्षा समितिको बैठकले स्थानीय तहको निर्वाचनलाइ लक्षित गरि व्याक्तिको प्रयोगमा रहेका इजाजत प्राप्त हतियारहरु निर्वाचन सम्मको अवधीका लागि चैत २० गते भित्र जिल्ला प्रहरी कार्यालय पर्सामा बुझाउन सार्वजनिक सूचना गरेकोमा अहिले सम्म एयरगन एउटा र १२ बोरको बन्दुक दुइ वटा गरि कुल तीन वटा मात्र हतियार सम्बन्धित व्याक्तिले बुझाएको पर्साका प्रहरी नायव उपरिक्षक यज्ञ प्रसाद भटटराइले जानकारी दिनु भयो । जिल्लामा व्याक्तिको प्रयोगमा रहेका इजाजत प्राप्त सात ६९ वटा हतियार अझै सम्म सम्बन्धित व्याक्तिहरुले नुबझाएको प्रहरी नायव उपरिक्षक भटटराइले बताउनु भयो । यसैबिच पर्सा जिल्लामा व्याक्तिको प्रयोगमा रहेका इजाजत प्राप्त हतियार मध्ये आधा भन्दा बढि हतियारको सम्बन्धित व्याक्तिहरुले एक वर्ष देखि नवीकरण नै गराएका छैनन् ।इजजात प्राप्त हतियार राखेका हतियार धनीहरूले प्रत्येक वर्षको असार मसान्त सम्म अनिवार्य रूपमा जिल्ल प्रशासन कार्यालयमा हतियार नवीकरण गराउनुपर्ने प्रावधान रहेपनि आधा भन्दा बढि हतियारधनीहरुले आफनो हतियारको नवीकरण नगराएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ । जिल्ला प्रशासन कार्यालयका अनुसार गत वर्षको असार मसान्त सम्म १२ बोरको पाच सय ८२ थान बन्दुक मध्ये दुइ सय ७९ , २२ बोरको एक सय सात वटा बन्दुक मध्ये ५७ , हावादारी बन्दुक १६ मध्ये ६ , ११ वटा पिस्तोल मध्ये एउटा, दुईवटा रिभल्वर मध्ये एउटा र अन्य विभिन्न थरीका ५३ वटा बन्दुक मध्ये २८ वटा मात्र गरि कुल तीन सय ७३ वटा मात्र हतियारको नवीकरण गराइएको छ । अझै पनि तीन सय ९९ वटा हतियारको सम्बन्धित हतियारधनीले नवीकरण नगराएको पर्साका प्रमुख जिल्ला अधिकारी केशवराज घिमिरेले बताउनु भयो । हरेक वर्षको असार मसान्त भित्र नवीकरण नभएका हतियारको हकमा दण्ड जरिवाना गर्न सक्ने कानुनी प्रावधान रहेको छ । तर जिल्ला प्रशासन कार्यालयले आधा भन्दा हतियारको एक वर्ष देखि नवीकरण नगराइएको भएपनि त्यस बारे अहिले सम्म कुनै सोधीखोजी गरेको छैन ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

धानमा मल हाल्ने समय सकिएप्छि मात्रै फेरि वीरगन्जमा मल यूरिया भित्राइद
विजयवस्तीमा प्रहरी चौकीको अगाडिबाट नै मोटरसाइकलको पाटपुर्जा चोरी
गादी खोला किनारको रूखमा एकजना झुण्डिएको अवस्थामा फेला
नेपाल भारत सीमा नाका खुला गर्ने सरकारले निर्णय गरेको आज एकहप्ता बितिसकेको भएपनि अझै सीमा खोल्ने संकेत देखिएन