दक्षिण अफ्रिकामा कोरोना भाइरसको नयाँ भेरिएन्ट भेटियो, खोपको प्रभाव कम हुने चेतावनी



एजेन्सी,१५ भाद्र । दक्षिण अफ्रिकाका अनुसन्धानकर्ताहरुले कोरोनाको नयाँ भेरियन्ट ‘सी.१.२’ पत्ता लागेको दाबी गरेका छन् । यो भेरियन्ट तीव्र रुपमा फैलिने र यस विरुद्ध हालसम्म विकसित खोपहरुको प्रभाव निकै कम हुने पनि उनीहरुले बताएका छन् ।

दक्षिण अफ्रिकाको नेसनल इन्स्टिच्युट फर कम्युनिकेबल डिजिज (एनआईसीडी) का वैज्ञानिकहरु र इनोभेसन एन्ड सिक्वेन्सिङ प्लेटफर्मको अनुसन्धानले पत्ता लगाएको सी.१.२ भेरियन्ट सबैभन्दा पहिला गत मे महिनामा दक्षिण अफ्रिकामा देखिएको थियो ।

त्यसपछि सो भेरियन्ट कंगो, मरिसस, चीन, बेलायत, न्युजिल्यान्ड, पोर्चुगल र स्विजट्रल्यान्डमा समेत देखिएको उनीहरुको भनाइ छ । नयाँ भाइरसको जिनोम संख्या प्रत्येक महिना वृद्धि भइरहेको भन्दै अनुसन्धानकर्ताहरुले जिनो वृद्धिको दर मे महिनामा शून्य दलमलव २ प्रतिशतबाट जुनमा १ दशमलव ६ प्रतिशत र जुलाईमा २ प्रतिशतमा पुगेको बताएका छन् ।
अनुसन्धानकर्ताहरुले यो वृद्धि दरलाई दक्षिण अफ्रिकामा बेटा र डेल्टा भेरियन्ट देखिने ताकाको जस्तै भनेका छन् । केही निश्चित एन्टीबडीबाट इम्युन स्केप गर्न सम्बन्धित एन ४४० के र वाई ४४९ एच नयाँ भेरियन्ट सी.१.२ सिक्वेनसिङमा देखिएको रिपार्टमा उल्लेख छ ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

धानमा मल हाल्ने समय सकिएप्छि मात्रै फेरि वीरगन्जमा मल यूरिया भित्राइद
विजयवस्तीमा प्रहरी चौकीको अगाडिबाट नै मोटरसाइकलको पाटपुर्जा चोरी
नेपाल भारत सीमा नाका खुला गर्ने सरकारले निर्णय गरेको आज एकहप्ता बितिसकेको भएपनि अझै सीमा खोल्ने संकेत देखिएन
नेपाली कांग्रेसले थप ५ जिल्लाको क्रियाशील सदस्यता विवाद टुंगो लगायो