दलित महिलाहरुद्धारा सीप र क्षमताको अभिवृद्धिका लागि अवसर प्रदान गर्न माग



असार ४ पर्साको महुवनका दलित महिलाहरुले आफूहरुसँग भएको सीप र क्षमताको अभिवृद्धि र प्रवर्धनका लागि अवसर प्रदान गर्न माग गरेका छन् । आर्थिक रुपमा विपन्न रहेका कारण आफूहरुसँग भएको सीपको प्रवद्र्धन गर्न नसकेको बताउँदै उनीहरुले सीपमुलक तालिम आवश्यक रहेकोमा जोड दिएका हुन् । मिसीयोको सहयोगमा नेपाल आराधना समाज र कारितास नेपालको संयुक्त आयोजनामा सञ्चालित ३ दिने महिला संस्थागत विकास तालिममा सहभागी महिलाहरुले क्षमता अभिवृद्धिका लागि तालिम माग गरेका हुन् । मेलमिलाप कृषि सहकारी संस्था महुवनमा आवद्ध दलित महिलाहरुले आफूहरुसँग भएको सीपलाई अझै निखारता ल्याउन थप तलिम दिन र उत्पादित सामाग्रीहरुको प्रवद्धनमा सहयोग गर्न आग्रह गरेका छन् । संस्थाकी सदस्य गीतादेवि रामले सीपको प्रवद्र्धन गर्न सके दलित महिलाहरु आत्म निर्भर हुने बताउनुभयो । नेपाल आराधना समाजका कार्यक्रम संयोजक अवधेश प्रसाद साहले बजार व्यवस्थापनमा समेत सहयोग गर्ने आश्वासन दिएको बताउनुभयो । तालिममा युएन ह्याविट्याटका सरोज चौरसिया, डिभिजन सहकारी कार्यालय पर्साका प्रमुख राजु साह, लुमन्तिको कार्यक्रम संयोजक अब्दुल कैसले प्रशिक्षण दिनुभएको थियो । गत बिहिबारबाट सञ्चालित हिजो शनिबार सम्पन्न भएको नेपाल आरधना समाजले जनाएको छ ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

अफगानिस्तानमा बेरोजगारी बृद्धि
अघिल्लो सरकारले नियुक्त गरेको सबै राजदूत फिर्ता बोलाउने सरकारको निर्णय
नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ३३० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि
उपकार सेवा नेपाल द्वारा पर्सा र बाराका गरि दुइ सामुदायिक विद्यालयलाइ पंखा प्रदान