धानबालीमा रोग र किराको प्रकोप बढेका कारण किसानहरु चिन्तित्



वीरगन्ज,१५ भाद्र । पर्सा , बारा लगायतका मध्य तराइका जिल्लाहरुमा लगाएको धानबालीमा रोग र किराको प्रकोप बढेका कारण उत्पादन घट्ने चिन्ताले किसानहरुलाइ सताएको छ । सोना मन्सुली , भदइ , सारो लगायतका प्रजातिका धानबाीलमा गवाँरो किरा र पात बेरुवा रोगको प्रकोप देखिएको किसानहरुले बताएका छन् ।

किरा र रोगको प्रकोप बढ्दै जाँदा धानको गुभो मर्ने र विस्तारै बोट नै मरेर जाने समस्या बढेको किसानहरूले बताएका छन् । पर्सा जिल्लामा यस वर्ष धान रोपाइँँ भएको कुल ३५ हजार हेक्टर मध्ये १० प्रतिशत धानबालीमा गवारो किराले क्षति गरेको छ ।

रोगको प्रकोप दिनदिनै बढ्दै गए पनि त्यसको उचित व्यवस्थापन र नियन्त्रणका लागि भने सरोकारवाला निकायबाट कुनै पनि पहल हुन नसकेको किसानहरुको गुनासो छ ।पटेर्वासुगौली गाँउपालिका ४ का किसान गजेन्द्र चौधरीले जिल्लाका विभिन्न स्थानमा किसानले लगाएको धानबालीमा गवारो र पातबेरुवा रोगको प्रकोपले किसानलाई दुःख दिएको जानकारी दिनुभयो ।

रोग बढ्दै गए पनि किसानले आवश्यक औषधि पाउन नसकेको गुनासो उहाँले बताउनुभयो । किसानहरूले कृषि ज्ञान केन्द्रमा आफनो समस्या लिएर गएपछि त्यहाका प्राविधीकहरुले आफुहरुले प्राविधी सल्लाहक मात्रै दिन सक्ने तर बजेट नभएकाले विषादी दिन नसक्ने भन्दै फर्काइ दिने गरेका छन् ।

यसवर्ष अत्याधिक वर्षा भएका कारण धानबालीमा रोग र किराको प्रकोप बढि देखिएको पर्साको जीराभवानी गाँउपालिकाका कृषि प्राविधिक बृजेश साहले बताउनुभयो । पटक पटक वर्षा भएको तथा चर्को घामका कारण किसानले राम्रोसंग खेत जोताइ नगरेका कारण जमिन भित्रका कीरा नष्ट हुन नसक्दा किराको प्रकोप बढेको साहले बताउनुभयो ।

अहिले धानबालीमा देखिएको रोग र किराको प्रकोप नियन्त्रणका लागि किसानले कृषि प्राविधिकसंग सल्लाह लिएर विषादी छर्कनु पर्ने सुझाव उहाले दिनुभयो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

ब्रम्हपुरी आधारभूत विद्यालयमा आज छात्राहरुलाइ साइकल वितरण
१४ महिनापछि संघीय संसदमा नयाँ विधेयक
पर्सा बाराको उद्योग कलरकारखाना र गाडी ग्यारेजहरुमा आज विश्वकर्मा पुजा भव्य रुपमा मनाइँदै
आज हरितालिका ,तीज शिवालयहरुमा वर्तालुको भीड