धानमा मल हाल्ने समय सकिएप्छि मात्रै फेरि वीरगन्जमा मल यूरिया भित्राइद



वीरगन्ज,१०असोज । धानमा मल हाल्ने समय बितेपछि कृषि सामग्री कम्पनीले युरिया मल भित्राउने तयारी गरेको छ । ग्लोबल टेन्डरमार्फत आयात गर्न लागेको ३० हजार मेट्रिक टन युरिया मल तीन साता भित्र आइपुग्ने कम्पनीको प्रादेशिक कार्यालय वीरगन्जले जनाएको हो । तर, किसानले जसोतसो जोहो गरेर धानमा मल हालिसकेको बताएका छन् ।

कम्पनीका प्रमुख गोरखनाथ केसीका अनुसार ठेकेदार दुबइको स्विस सिंगापुर कम्पनीले चिनबाट मल ल्याउन लागेको हो । हाल भारतको कोलकाता बन्दरगाहमा आउने क्रममै रहेको उहाको भनाइ छ । चीनबाट मल बोकेर हिँडेको पानीजहाज हाल समुद्री मार्गमा रहेको भन्दै उहाले यसै साताभित्र कोलकाता बन्दरगाहमा आइपुग्ने भए पनि नेपालमा ल्याउन कम्तीमा तीन साता लाग्ने उहाले बताउनुभयो । केसीले दसैंअघि मल आइहाले पनि त्यसपछि मात्र बिक्री वितरण हुने सम्भावना रहेको बताउनुभयो ।

आउँदो डेढ साताभित्र युरिया मलको माग करिब सकिने भएकाले धान किसानका लागि भने उपयोगी नहुने उहाले जानकारी दिनुभयो  । किसानकै कुरो सुन्दा अबको डेढ सातापछि धान बालीका लागि युरिया मलको आवश्यकता नभएको पर्साका कृषकहरुले बताएका छन् । केसीका अनुसार चीनबाट आएको मल गहुँ बालीका लागि भने काम लाग्नेछ ।

उक्त मल मध्ये १० देखि १२ हजार मेटन वीरगन्ज र बाकी बिराटनगर तथा भैरहवा प्रादेशिक कार्यालयले पाउने सम्भावना रहेको उहाले बताउनुभयो । यस वर्ष मलको मौज्दात भदौ २५ गते सकिएको उहाको दाबी छ । भदौमा मात्र पर्सामा ३ हजार ५ सय १२ मेटन युरिया, १ हजार ३८ मेटन डीएपी र ६५ मेटन पोटास मल विभिन्न सहकारी मार्फत बिक्री वितरण भएको थियो ।

किसान संघ पर्साका अध्यक्ष असर्फी साहले हाल युरिया मलको अत्यधिक माग रहेको बेला मल नपाउने र माग सक्किएपछि मात्र मल आउने भएपछि त्यसले किसानलाई कुनै उपयोग नहुने बताउनुभयो । उहाले झन्डै एक महिनादेखि नै जिल्लामा युरिया मलको हाहाकार रहेको गुनासो गर्नुभयो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

टीकाको उत्तम साइत बिहान १० : ०२ बजे शुरु गरियो
सामुदायिक रेडियो माडीको चौथो अधिवेशन सम्पन्न, नयाँ कार्यसमिति गठन
बडा दसैँको मुख्य दिन आज देखि सुरु, वीरगन्जको प्रसीद्ध शक्तिपिठ गहवामाइ मन्दिरमा पनि हर्षोल्लाशका साथ फुलापाती भित्रयाइयो
नेपालमा पछिल्लो २४ घण्टामा थप ७ सय ८५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि