नदी तथा जलाशय सुक्न थालेपछि पर्साका किसानहरु चिन्तित



चैत्र १६ बिगत केही बर्षदेखि बढ्दै गएका अत्याधिक तापक्रमका कारण अधिकांश खोलानाला , नदी तथा जलाशय सुक्न थालेपछि पर्साको ग्रामीण भेगका किसानहरु चिन्तित भएका छन् । बर्षेनी बढदै गएको गर्मीका कारण ग्रामीण भेगमा खेतीपाती तथा सिचाईका भरपर्दो साधनको रुपमा रहेका बांध पैनीको मुहान सुक्ने क्रम जारी छ । गण्डक नहर भन्दा उतरी क्षेत्रमा पर्ने सेढवा, महादेवपटी, पिडारीगुठी, जीतपुर, सुपौली, शंकरसरैया, पटेर्वा सुगौली, सोनबर्षा लगायतका एक दर्जन भन्दा बढि गाबिसहरुमा पानीको समस्या भएको कारणले स्थानिय किसानहरु चिन्तित भएका हुन् । बर्षभरीनै पानी रहिरहने सेढवाको झिरझिरिया नदि चैत्र महिना देखि सुकेर नदीमा धुलो उडिरहेका सेढवा २ का किसान गौतम गौरो थारुले बताउनुभयो । नदीबाट सिचाईको सुबिधा रहेका बेला दुई बाली धान मात्र उत्पादन गर्ने जग्गामा अहिले एक बाली धान पनि संतोषजनक उत्पादन गर्न नसकेको थारुले बताउनुभयो । जमिनको सतहमुनीको पानी निकाल्न निकै महङ्गो सिचाइका अर्का साधन बोरिग्ङ रहेपनि जग्गाको तुलनामा निकै कम भएका कारण त्यसबाट पनि सिचाई गर्न सक्ने संम्भावना कम रहेको किसानहरुले बताएका छन् । साथै जिल्ला कृषि बिकास कार्यालय पर्सा तथा भूमिगत सिचाई डिभिजन कार्यालय पर्साबाट पाउने निशुल्क बोरिग्ङहरु पनि सिधा किसानले नपाई दलालहरुले पाउने गरेको किसानहरुले गुनासो गरेका छन् । सम्बन्धित कार्यालयका कर्मचारीहरूको साँठगाँठमा झिकाइएका बोरिग्ङहरु दलालहरुले आफ्नो मनपरी मूल्य तोकेर पुनह किसानहरुलाई नै बेच्ने गरेका पाईएको छ । सरकारले निशुल्क बोरिङ र गाड्ने खर्च उपलब्ध गराए पनि आफुहरुले नपाइ दलालहरुले पाउने गरेको किसानहरुको भनाई छ । कतिपय किसानहरुले सम्बन्धित कार्यालयमा निशुल्क बोरिग्ङ तथा दमकलको लागि आवश्यक जग्गाको लालपूर्जाको प्रतिलिपी तथा नागरिकताको प्रमाणपत्रका प्रतिलिपीका साथै बिभिन्न कागजात सहित फारम बर्षौ बिते पनि केहि नपाएको किसानहरुले गुनासो गरेका छन् । पिडारीगुठी २ का किसान रमेश चौधरीका अनुसार रेडियोबाट किसानहरुले निशुल्क बोरिग्ङ तथा सहूलियत दरमा दमकल पाउने सूचना सुने पनि यसका लागि काँहा कुन प्रकृया र कुनकुन कागजात जुटाउनु पर्ने भन्ने कुरा कहि कतैबाट जानकारी पाउन नसकेको कारण राज्यबाट किसानले पाउने सेवा सुबिधिबाट हालसम्म बञ्चित रहेको गुनासो गर्नुभयो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

ब्रम्हपुरी आधारभूत विद्यालयमा आज छात्राहरुलाइ साइकल वितरण
१४ महिनापछि संघीय संसदमा नयाँ विधेयक
पर्सा बाराको उद्योग कलरकारखाना र गाडी ग्यारेजहरुमा आज विश्वकर्मा पुजा भव्य रुपमा मनाइँदै
आज हरितालिका ,तीज शिवालयहरुमा वर्तालुको भीड