नव वर्ष २०७४ लाई मानविय सेवाको वर्ष बनाउन सरोकारवालाहरुको आग्रह



चैत ३१ नव वर्ष २०७४ लाई मानविय सेवाको वर्ष बनाउन सरोकारवालाहरुले आग्रह गरेका छन् । मानव सेवा आश्रम वीरगञ्ज शाखाले नव वर्ष २०७४ को अवसरमा बिहीबार बिहान वीरगञ्जमा आयोजना गरेको शुभ भावना आदान प्रदान समारोहमा बोल्ने वक्ताहरुले नव वर्षलाई मानवीय सेवामा सर्मपित गर्न आग्रह गरेका हुन् । उनीहरुले नव वर्षमा सबैको मनमा सेवाको भावना जागोस भन्ने कामना गर्दै सेवा कार्यमा सरकारी क्षेत्रबाट पनि प्रभावकारी काम हुनुपर्नेमा जोड दिए । वीरगञ्जमा सेवा गर्ने हातहरुको कमी नभएको बताउँदै उनीहरुले ईमान्दार प्रयासको खाँचो रहेको बताएका छन् । कार्यक्रममा बोल्दै वीरगञ्ज उद्योग वाणिज्य संघका उपाध्यक्ष सुवोध गुप्ताले वीरगञ्जमा पैसाको कमी नभएर स्वच्छ मनको कमी देखिएको बताउनुभयो । उहाँले मानव सेवा कार्य गर्नका लागि सबैको विश्वास जित्न सक्ने समूहको आवश्यकता रहेको बताउनुभयो । सामाजिक अभियन्ता प्रकाश प्रसाद थारुले लिने हात पवित्र भए लाखौं दिनेहरु वीरगञ्जमै भएको दावी गर्नुभयो । युवा नेता अरविन्द सिंहले सरकारी निकायले मानवीय सेवा कार्यको नेतृत्व लिन सक्नुपर्ने बताउनुभयो । कार्यक्रममा जिल्ला समन्वय समिति पर्साका सामाजिक विकास अधिकृत धर्मराज थापा, पत्रकार महासंघ पर्सा शाखा अध्यक्ष श्याम वञ्जरा, मधु राणा, मुकेश खेतान, पशुपति विक्रम साहले शुभकामना मन्तव्य व्यक्त गर्नुभयो । बैशाख भित्रै सेवा शुरु गर्न लागेको मानवसेवा आश्रम कार्यक्रममा मानवीय सेवा कार्यमा प्रत्यक्ष एवं अप्रत्यक्ष सहयोग पु¥याउँदै आएको विभिन्न क्षेत्रका व्यक्तिहरुको उपस्थिति रहेको थियो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

धानमा मल हाल्ने समय सकिएप्छि मात्रै फेरि वीरगन्जमा मल यूरिया भित्राइद
विजयवस्तीमा प्रहरी चौकीको अगाडिबाट नै मोटरसाइकलको पाटपुर्जा चोरी
गादी खोला किनारको रूखमा एकजना झुण्डिएको अवस्थामा फेला
नेपाल भारत सीमा नाका खुला गर्ने सरकारले निर्णय गरेको आज एकहप्ता बितिसकेको भएपनि अझै सीमा खोल्ने संकेत देखिएन