नाइजेरियामा सरकारी सुरक्षाकर्मीहरुको कारबाहीमा परी कम्तीमा १५ बन्दुकधारीको मृत्यु



अबुजा, २६ कात्तिक । नाइजेरियामा सरकारी सुरक्षाकर्मीहरुको कारबाहीमा परी कम्तीमा १५ बन्दुकधारी मारिएका छन् । उनीहरुले अरु ४८ बन्दुधकारीलाई पक्राउ पनि गरेको सैन्य अधिकारीहरुले बिहीबार जानकारी दिएका छन् । त्यसैगरी बन्दुकधारीहरुबाट अपहरमा परेका ४२ लाई पनि सुरक्षाकर्मीहरुले रिहा गराएका छन् । मारिएका, पक्राउ परेका र रिहा भएकाहरुको यो सङ्ख्या गत अक्टोबर २९ देखि गत बिहीबारम्मको हो ।
राजधानी अबुजामा आयोजित पत्रकार सम्मेलनमा सैनिक प्रवक्ता बेर्नार्ड ओनीएउकोले सरकारी सुरक्षाकर्मीलाई सफलता प्रान्त भइरहेको र बन्दुकधारीहरुलाई निस्तेज पार्दै गएको दाबी गर्नुभयो । सुरक्षाकर्मीहरुले हवाई आक्रमण समेत गरेका थिए । उनीहरुले आपराधिक तथा हिंसात्मक गतिविधिका विरुद्धमा कारवाही अभियान जारी रहने पनि जनाएका छन् । (रासस÷सिन्ह्वा)


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

आप्रवासी र शरणार्थी चढेको डुंगा इङ्लिस च्यानलमा डुब्दा २७ जनाको मृत्यु
बंगलादेशको एक रोहिग्याँ क्याम्पमा अज्ञात व्यक्तिले गोली प्रहार गर्दा ७ जनाको मृत्यु
आज विश्व खाद्य दिवस विश्वभर ४१ औँ विश्व खाद्य दिवस मनाइँदै छ
भारतीय जनता पार्टीद्वारा युपीका लागि “१०० दिनका १०० कार्यक्रम” तयार