नारायणी अस्पतालको फार्मेसीमा करोड बढी भ्रष्टाचार



वीरगन्ज, २४ साउन । वीरगन्जको नारायणी अस्पतालले ४ वर्ष देखि सन्चालनमा ल्याएको फार्मेसी, त्यहा कार्यरत कर्मचारीको आर्थिक अनियमितताका कारण धराशायी बनेको छ । सरकारी अस्पतालमा उपचारका लागि आउने बिरामीलाइ बजार भन्दा सस्तो मुल्यमा औषधी उपलब्ध गराउन र अस्पताललाइ आर्थिक लाभ हुने उदेश्यले नारायणी अस्पताल आफैले ४ वर्ष अघि देखि आफनै फार्मेसी सन्चालनमा ल्याएको हो ।

तर उक्त फार्मेसीले नाफा कमाएर दिनुको साटो उल्टै अस्पताल माथि नै डेढ करोडको ऋण थोपरि दिएको छ । अस्पतालको लेखा शाखाका अनुसार , फार्मेसीले खरिद गरेको औषधीको १ करोड ५० लाख ९४ हजार ६ सय ४९ रुपैया , सप्लायर्सलाइ तिर्न बाँकी छ ।फार्मेसीमा हाल ३० लाख रुपैया मुल्य मात्रको औषधी मौज्दात छ । त्यो ३० लाख घटाउदा पनि फार्मेसीले सप्लायर्सलाइ तिर्नु पर्ने १ करोड २० लाख ९४ हजार रुपैया रकम अनियमितता भएको देखिन्छ ।

फार्मेसी सन्चालनका लागि अस्पताल व्यवस्थापनले सिड मनिका रुपमा उ बेला २० लाख रुपैया पनि दिएको थियो । त्यो २० लाखको हिसाब किताब पनि फार्मेसीसंग अहिले छैन । अस्पतालका लेखापाल सुदीप माझीले सप्लायर्सलाइ तिर्न बाँकी रहेको १ करोड २० लाख रुपैया यदि फार्मेसीले तिर्न नसके उक्त रकम अस्पतालले नै तिर्नु पर्ने बाध्यता रहेको बताउनुभयो । शुरु देखिका फार्मेसी इन्चार्ज विजय यादवले छाडेपछि हरेन्द्र यादवले २०७६ बैशाख १७ गते देखि फार्मेसीको इन्चार्ज सम्हालेका हुन् ।

फार्मेसी इन्चार्ज हरेन्द्रले नै व्यापक आर्थिक अनियमितता गरेका कारण फार्मेसी धराशायी अवस्थामा पुग्नुको साथै अस्पताल माथि उल्टै सवा करोडको आर्थिक भार पनि थपिएको अस्पतालका कर्मचारी र चिकित्सकहरुले बताएका छन् । २०७४ बैशाख देखि नारायणी अस्पतालले सन्चालनमा ल्याएको फार्मेसीमा औषधीको खरिदबिक्री र आम्दानी खर्चमा पनि आर्थिक अनियमितता भएको छ । सन्चालनमा आएको २०७४ बैशाख देखि २०७८ जेठ सम्म फार्मेसीले ७ करोड ३० लाख रुपैया मुल्यको औषधी खरिद गरेको जनाएको छ ।

उक्त अवधीमा ७ करोड ५० लाख रुपैयाको औषधी बिक्री भएको छ ।अस्पताल फार्मेसी सेवा निर्देशीका २०७२ अनुसार ,खरिद मुल्यमा २० प्रतिशत मुनाफा थपेर फार्मेसीले औषधी बिक्री गर्नु पर्ने हुन्छ । यस अनुसार , खरिद गरिएको ७ करोड ८० लाखको औषधीमा २० प्रतिशत रकम थपेर बिक्री गर्दा मुनाफा १ करोड ५६ लाख रुपैया हुनु पर्ने हो । तर लेखा शाखाका अनुसार , फार्मेसीले मुनाफा १ करोड १२ लाख ५० हजार मात्र भएको विवरण देखाएको छ ।

लेखा शाखाले उपलब्ध गराएको विवरणमा उल्लेख मुनाफा रकम पनि , वास्तविक मुनाफा रकम भन्दा ४४ लाख रुपैया कम छ । फार्मेसीका कर्मचरीको तलब भत्ता लगायतमा १ करोड ६ लाख रुपैया खर्च भएको लेखा शाखाले जनाएको छ । जबकी लेखा शाखाले नै उपलब्ध गराएको विवरण अनुसार, फार्मेसीमा कार्यरत ६ जना कर्मचारीको मासिक तलब भत्ता खर्च १ लाख ४८ हजार ७ सय ९० रुपैया भइरहेको छ ।यस अनुसार फार्मेसी शुरु भएदेखि गत जेठ सम्म ४८ महिनाको अवधीमा कर्मचारीको मासिक तलब भत्तामा ७१ लाख ४१ हजार ९ सय रुपैया मात्रै खर्च हुनु पर्ने हो ।

तर लेखा शाखाले उपलब्ध गराएको कर्मचारीको तलबभत्ता खर्चको विवरणमा , वास्तविक खर्च भन्दा ४१ लाख रुपैया बढि खर्च देखिएकाले यसमा पनि अनियमितता भएको पुष्टि हुन्छ । अस्पताल फार्मेसी सेवा निर्देशीका २०७२ अनुसार , फार्मेसीले आम्दानीबाट कर्मचारीको तलबभत्ता लगायतका खर्च कटाएर बाँकी रहेको खुद मुनाफाको ९० प्रतिशत रकम अस्पतालको मुल खातामा जम्मा गर्नु पर्ने हुन्छ । तर लेखा शाखाका अनुसार, सन्चालनमा आए देखि अहिले सम्म फार्मेसीले अस्पताल विकास समितिको बैंक खातामा एक रुपैया पनि दाखिला गरेको छैन ।

फार्मेसी इन्चार्ज हरेन्द्र यादवले भने आफुले कुनै अनियमितता नगरेको दाबी गर्नुभयो । दुइ वर्ष यता कोभिड महामारीका कारणले गर्दा फार्मेसीबाट औषधीको बिक्री घटेका कारणले समस्या देखिएको उहाले बताउनुभयो । कोभिडको पहिलो लहरका बेला अस्पतालमा कोभिड उपचार बाहेकेका अरु सबै सेवा ६ महिना र दोश्रो लहरमा पनि ३ महिना ठप्प रहेकाले औषधीको बिक्री कम भएर समस्या भएको उहाको जिकिर छ ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

ब्रम्हपुरी आधारभूत विद्यालयमा आज छात्राहरुलाइ साइकल वितरण
१४ महिनापछि संघीय संसदमा नयाँ विधेयक
पर्सा बाराको उद्योग कलरकारखाना र गाडी ग्यारेजहरुमा आज विश्वकर्मा पुजा भव्य रुपमा मनाइँदै
आज हरितालिका ,तीज शिवालयहरुमा वर्तालुको भीड