नारायणी अस्पतालमा किलिया एनलाइजर उपकरण सन्चालित



बैशाख २२ वीरगन्जको नारायणी उपक्षेत्रीय अस्पतालको प्रयोगशालामा शुक्रबार देखि किलिया एनलाइजर उपकरण सन्चालनमा ल्याइएको छ । थाइराइड ,रगतबाट हुन सक्ने क्यान्सर जस्ता रोगको चेजाच गर्ने किलिया एनलाइजर उपकरण आज देखि सन्चालनमा ल्याइएको हो । शुक्रबार आयोजित एक कार्यक्रमका बिच पर्साका प्रमुख जिल्ला अधिकारी केशवराज घिमिरेले उक्त उपकरणको उदघाटन गर्नु भएको हो । नारायणी उपक्षेत्रीय अस्पताल विकास समितिले करिब ४० लाख रुपैया मुल्इ पर्ने उक्त उपकरण खरिद गरेर ल्याब शाखामा जडान गरेको हो । किलिया एनलाइजर उपकरण वीरगन्जमा यसभन्दा पहिले न्यु सिटी डाइग्नोसिटि सेन्टरमा मात्रै सन्चालनमा रहेको थियो । उक्त उपकरणबाट थाइराइड, बाझोपन, रगतबाट हुने क्यान्सर जस्ता रोगको चेकजाच गर्न सकिने ल्याब शाखाका प्रमुख श्रवण कुमार मिश्रले बताउनु भयो । शुक्रबार भएको उदघाटन कार्यक्रममा अस्पतालका निमित्त मेसु डाक्टर चित्तरन्जन साह , अस्पताल विकास समितिका अध्यक्ष विनोद गुप्ता, रक्त सन्चार केन्द्र वीरगन्जका इन्चार्ज प्रवीण मानन्धर लगायतको उपस्थिती रहेको थियो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

ब्रम्हपुरी आधारभूत विद्यालयमा आज छात्राहरुलाइ साइकल वितरण
१४ महिनापछि संघीय संसदमा नयाँ विधेयक
पर्सा बाराको उद्योग कलरकारखाना र गाडी ग्यारेजहरुमा आज विश्वकर्मा पुजा भव्य रुपमा मनाइँदै
आज हरितालिका ,तीज शिवालयहरुमा वर्तालुको भीड