नारायणी उपक्षेत्रीय अस्पतालकास्वास्थ्यकर्मीहरु ओपिडी बन्द गरेर आन्दोलनमा



साउन १७ बीरगंज
चिकित्सक र स्वास्थ्यकर्मी माथी भएको हातपातको घटनाको विरोधमा वीरगंजको नारायणी उपक्षेत्रीय अस्पतालमा बहिरङ अर्थात ओपिडी सेवा बन्द गरेर चिकित्सक र स्वास्थ्यकर्मीहरु मंगलबार देखि आन्दोलनमा उत्रिएका छन् । घटनामा संलग्न रहेकाहरुलाइ कार्वाहीको माग गर्दै अस्पतालको ओपिडी सेवा ठप्प पारेर उनिहरु आन्दोलनमा उत्रिएका हुन् ।गत आइतवार नारायणी उपक्षेत्रीय अस्पतालको गाइनो वार्डमा कार्यरत डाक्टर चाँदनी पाण्डे, स्टाफ नर्स ज्योति चौधरी र सुरक्षा गार्ड अफताब देवान तथा सादा पोशाकमा रहेका प्रहरी हवलदार अखिल खडकालाई नगवाका केहि युवकहरुले हातपात गरी घाइते बनाएको घटनाको विरोधमा अस्पतालका चिकित्सक र कर्मचारीहरुले सुरक्षाको माग गर्दै मंगलबार देखि अस्पतालको ओपिडी सेवा ठप्प पारेका हुन् । घटनामा संलग्न रहेका नगवाका अख्तर हवारी र निरन्जन पटेल पक्राउ परेपनि प्रहरीले ती दुवै युवकलाइ कार्वाही नै नगरि छोड्ने चलखेल गरेको भन्दै अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मीहरु मंगलबार देखि आन्दोलनमा उत्रिएका हुन् । आन्दोलनरत चिकित्सक र स्वास्थ्यकर्मीहरुले घटनामा संलग्नहरुलाइ कार्वाहीको माग गर्दै आज जिल्ला प्रशासन कार्यालय पर्सामा ज्ञापनपत्र पनि बुझाएका छन् । आन्दोलनरत चिकित्सक र स्वास्थ्यकर्मीहरुले अस्पतालमा काम गर्ने चिकित्सक र कर्मचारीको सुरक्षाको ग्यारेण्टी गर्नु पर्ने, आगामि दिनमा यस्ता क्रियालाप हुन नदिने र पक्राउ परेकाहरुलाइ कारवाहि गर्नु पर्ने माग सहितको ज्ञापन पत्र पर्साका सहायक प्रमुख जिल्ला अधिकारी दुर्गादत्त पौडेललाइ बुझाएका हुन् । घटनामा संलग्नलाई कारवाहि नगरि उन्मुक्ति दिए आफुहरु चरणबद्ध आन्दोलनमा उत्रन बाध्य हुने अस्पतालका बरिष्ठ फिजिसियन डाक्टर निरज सिंहले चेतावनि दिनुभयो । पर्साका सहायक प्रमुख जिल्ला अधिकारी पौडेलले भने अस्पताल जस्तो संवेदनशिल ठाउँ असुरक्षित रहनु दुखद भएको भन्दै घटनामा संलग्नहरुलाइ कार्वाही हुने बताउनु भयो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

अफगानिस्तानमा बेरोजगारी बृद्धि
अघिल्लो सरकारले नियुक्त गरेको सबै राजदूत फिर्ता बोलाउने सरकारको निर्णय
नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ३३० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि
उपकार सेवा नेपाल द्वारा पर्सा र बाराका गरि दुइ सामुदायिक विद्यालयलाइ पंखा प्रदान