नारायणी एमएफको १६ औं बार्षिकोत्सव भब्य रुपमा सम्पन्न



वीरगन्ज, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले नेपालको लोकतन्त्र र गणतन्त्रको आन्दोलनमा सञ्चार माध्यमको भूमिका निकै शंसनीय रहेको बताउनु भएको छ । नारायणी एफ।एम। १०३.८ मेगाहर्जको १६ औं बार्षिकोत्सवको अवसरमा शुक्रबार होटल मकालुमा आयोजना गरेको विशेष समारोहको उदघाटन गर्दै मन्त्री पौडेलले विभिन्न व्यावस्था परिवर्तनका लागि गरिएको आन्दोलनमा सञ्चार माध्यमको भूमिका उल्लेखनीय रहेको र यसले सञ्चार क्षेत्रको विकास पनि भएको बताउनुभयो ।पछिल्लो समयमा नेपालमा सञ्चार क्षेत्रले गरेको प्रगति सराहनीय रहेको बताउनुहुदै कहिले काही पुष्टि नभएका र प्रमाणित नभएका समाचारहरु आउने गर्दा सञ्चार माध्यम प्रतिको विश्वसनीयता घट्ने भएकोले यसप्रति भने सचेत रहनुपर्ने मन्त्री पौडेलले बताउनुभयो ।

उहाँले एफ.एम. रेडियोहरु संचालनको लागि मात्रै नभई आम नागरिकको दुःख, पीडा, समस्याहरुको विषयका मुद्दाहरुलाई उठाएर सामाजिक, आर्थिक तथा सांस्कृतिक विकासका लागि पनि आवाज उठाउनुपर्ने बताउनुभयो । कार्यक्रमका विशिष्ट अतिथि प्रदेश २ का आन्तरीक मामिला तथा सञ्चार मन्त्री भरत प्रसाद साहले एफ।एम।रेडियोहरुको संचालनमा आएपछि जनताले राजनीतिक, सामाजिक र आर्थिक विषयको साथै हरेक क्षेत्रमा जानकारी पाउने अवसरहरु प्रदान गरेको बताउनु भएको छ । राजनीतिक रुपमा जनताको चेतनास्तरलाई एफ।एम। रेडियोहरुले धेरै अगाडि बढाएको मन्त्री साहको भनाई छ । रेडियो एफ।एम।बाट प्रसारण हुने सामग्रीहरुले जनताले धेरै जानकारी प्राप्त गरेर आफ्नो चेतना स्तरको वृद्धि गरेको उहाँले बताउनु भयो । एकात्मक शासन व्यावस्थाको अन्त्यपछि संघीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेपछि अबको कार्यभार विकास र समृद्धि नै भएको र यसमा सूचना सम्प्रेषण गर्ने राज्यको चौथो अंगको रुपमा रहेको सञ्चार क्षेत्रको समृद्ध बनाउनु पनि आवश्यक रहेको बताउनुभयो । उहाँले सञ्चार क्षेत्रको अनुगमन, नियमन लगायतका कानूनी पक्षहरु संघले काठमाडौंको आँखाले मात्रै हेरेर नहुने अहिले प्रदेश र स्थानीय तहहरुमा पनि यसको ऐन कानून निर्माण आवश्यक रहेको बताउनुभयो । प्रादेशिक संरचनाको नयाँ अभ्यासकै चरणमा रहेको स्रोत साधनको कमी तथा विभिन्न बाधा अवरोधका बीच सबैको सहकार्यमा मात्रै विकास र समृद्धि सम्भव भएको बताउनुभयो ।

वीरगन्ज महानगरपालिकाका प्रमुख विजय कुमार सरावगीले रेडियो एफ।एम सूचना र सञ्चारको सबैभन्दा द्रुत माध्यम भएको बताउनुभयो । ग्रामीण दूर दराजमा पनि रेडियोको प्रभाव महत्वपूर्ण रहेको बताउदै समाजका कुरिती, कुप्रथा, सांस्कृतिक विकृति, राजनीतिक विकृति लगायतका विभिन्न क्षेत्रमा एफ।एम रेडियोहरुले आवाज उठाउने गरेको बताउनुभयो । सामुदायिक रेडियोको भूमिका अझ महत्वपूर्ण रहेको बताउदै उहाँले अहिले महानगरपालिकाले शुरु गरेको काम सामुदायिक रेडियो नारायणी एफ।एमले पहिलेदेखि नै गर्दै आएको बताउनुभयो । कोभिड महामारी नियन्त्रणमा पनि सञ्चार माध्यमहरुको अविश्मरणीय कार्य गरेको बताउदै उहाँले सञ्चार माध्यम र सञ्चारकर्मीहरुकै सहयोगले महामारी नियन्त्रणमा सहयोग पुगेको बताउनुभयो । नारायणी एफ।एमका कार्यकारी अध्यक्ष गोविन्द देवकोटाको अध्यक्षतामा भएको कार्यक्रममा इन्सेका प्रतिनिधि तथा सुरक्षाविद शोभाकर बुढाथोकी, एफ।एम।का संस्थापक अध्यक्ष एवं महालक्ष्मी इन्स्युरेन्सका कार्यकारी अध्यक्ष रमेश कुमार भट्टराई, रेडियोका संस्थापक स्टेशन प्रवन्धक डा।शिव तिवारी, नेकपा एकीकृत समाजवादी पार्टीका केन्द्रीय सदस्य दिनेश राई, नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश २ का अध्यक्ष गणेश लाठ, वीरगन्ज उद्योग संघका अध्यक्ष सुवोध गुप्ता, नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष अनुप तिवारी लगायतले शुभकामना व्यक्त गरेका थिए । कार्यक्रमको सहजीकरण सञ्चारकर्मी लक्ष्मी खरेलले गर्नुभएको थियो ।

बिभिन्न ब्यक्तिहरु सम्मानित 

यसैबीच कार्यक्रममा विभिन्न क्षेत्रमा विशिष्ट योगदान पु¥याएका १२ जना र कोरोना महामारीमा संक्रमित भई रेडियोलाई नै आईशोलेसन बनाएर निरन्तर रेडियो सञ्चालन गरेका ५ जनालाई सम्मान गरिएको थियो । सम्मानित हुनेहरुमा कोरोना महामारी नियन्त्रणमा स्थानीय तहका जनप्रतिनिधिहरु मध्य महानगरपालिकाका नगर प्रमुख विजय कुमार सरावगी, एफ।एमका संस्थापक अध्यक्ष रमेश कुमार भट्टराई, संस्थापक स्टेशन प्रमुख डाक्टर शिवराम तिवारी, वर्तमान स्टेशन मेनेजर क्रान्ति साह, बारा संवाददाता विदुर खड्का, महानगरपालिकाकी स्वास्थ्यकर्मी इन्द्रा लोहनी, नागेन्द्र साह, कुश्ती खेलाडी सुमिर साह, एम्बुलेन्स चालक र हण्ड्रेड ग्रुप्स गरी १२ जना रहेका छन् । त्यसैगरी एफ।एमलाई नै आशोलेसन बनाएर एफ।एम।निरन्तर प्रशारण गरेका विदुर गौतम, शिवनाथ यादव, आनन्द साह,सद्दाम खान, गणेश पौडेललाई प्रशंसापत्र वितरण गरिएको थियो । त्यस्तै नारायणी एफ।एमले आयोजना गरेको अन्तर रेडियो मैत्रीपूर्ण व्याडमिण्टन प्रतियोगितामा प्रथम हुने नारायणी एफ।एम।, विन्दास एफ।एम र सान्भी एफ।एम। तथा बाषिकोत्सव समारोहमा नृत्य प्रस्तुत गरेर सहयोग गरेका डिपिएस स्कुल, त्रिजुद्ध मावि, डिएभी आरभी केडिया मावि, जिएचपी मावि र माउण्ट एभरेष्ट क्लबलाई पनि प्रमाण पत्र वितरण गरिएको थियो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

रोट्री र रोट्रयाक्ट क्लब अफ वीरगन्ज मेट्रोपोलिसको संयुक्त आयोजनामा म्याराथन दौड प्रतियोगिता सम्पन्न
विजय सरावगी जसपाको केन्द्रीय सदस्यमा मनोनित, प्रदीप यादव केन्द्रीय सदस्यबाट निष्काशित
प्रेस सेन्टर नेपाल पर्सा शाखाको पाँचौं जिल्ला सम्मेलनबाट नयाँ नेतृत्व चयन
वीरगन्ज महानगरपालिका ३२ वटा वडा मध्ये अहिले सम्म १५ वटा वडामा नेपाली काँग्रेसको वडा अधिवेशन सम्पन्न