निचुटाको विद्यालयमा अध्यनरत कक्षा ८ का ४४ जना छात्राहरुलाई साईकल वितरण




प्रमोद यादव
पर्सा २० साउन । पर्साको पटेर्वा सुगौली गाउँ पालिका वडा नम्बर ५ निचुटा स्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयको कक्षा ८ मा अध्ययनरत छात्राहरुलाइ साइकल वितरण गरिएको छ । मुख्यमन्त्री बेटि पढाउ बेटि बचाउ अभियान अन्तर्गत निचुटाको विद्यालयमा अध्यनरत कक्षा ८ का ४४ जना छात्राहरुलाई आज साईकल वितरण गरिएको हो ।

आज विद्यालयमा आयोजित कार्यक्रममा वीरगन्ज स्थित भारतीय महावाणिज्यदूत दूतावासका वाणिज्यदुत शैलेन्द्र कुमारले छात्राहरुलाइ साइकल हस्तान्तरण गर्नु भएको हो । कार्यक्रममा महावाणिज्यदूत शैलेन्द्र कुमारले आजको आवश्यकता शिक्षा नै रहेकोले शिक्षालाई सबैले जोड दिनु पर्ने बताउनुभयो ।

विद्यालयका प्रधानाध्यापक श्याम कुमार घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा मुख्यमन्त्रीका स्वकीय सचिव दिपक यादव, जनता समाजवादी पार्टीका संघीय परिषद सदस्य सलाउदिन अहमद, गाउपालिकाको शिक्षा शाखा प्रमुख शम्भु साह,जसपाका नेता नागेन्द्र प्रसाद यादव, मौलाना नुर होदा, शिव कुमार साह,पर्सा किसान संघका अध्यक्ष असर्फि साह, लक्ष्मीपुर आधारभूत विद्यालयका प्रधानाध्यापक द्वारिका उपाध्याय लगायतको पनि सहभागीता रहेको थियो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

अफगानिस्तानमा बेरोजगारी बृद्धि
अघिल्लो सरकारले नियुक्त गरेको सबै राजदूत फिर्ता बोलाउने सरकारको निर्णय
नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ३३० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि
उपकार सेवा नेपाल द्वारा पर्सा र बाराका गरि दुइ सामुदायिक विद्यालयलाइ पंखा प्रदान