निर्वाचन सुरक्षाका लागि बारामा इजाजत प्राप्त हतियार एकदमै न्युन संख्यामा संकलन



बैशाख २५ नर्वाचन सुरक्षाका लागि स्थानीय प्रशासनले व्याक्तिको प्रयोगमा रहेका इजाजत प्राप्त हतियार प्रहरी कार्यालयमा बुझाउन आह्वान गरेपनि बारामा एकदमै न्युन संख्यामा हतियार संकलन भएको छ । जिल्ला सुरक्षा समिति बाराले निर्वाचन अवधीभरका लागि हतियार प्रहरीको जिम्मा लगाउन गरेको आग्रहलाई हतियारधनीहरुले अटेर गरेका हुन् । बारा जिल्लामा २ सय ६५ थान हतियार दर्ता भएको भएपनि ६२ वटा मात्रै प्रहरीमा आएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी निरीक्षक अरुण कुशवाहाले जानकारी दिनुभयो । एक नाले बन्दुक, दुई नाले बन्दुक, राईफल लगायत ६२ थान हतियार मात्रै प्रहरी कार्यालयमा आएको उहाँले बताउनुभयो । पटक पटक हतियार बुझाउन आग्रह गर्दा पनि हतियारधनीहरु हतियार बुझाउन नआएको जिल्ला सुरक्षा समितिले जनाएको छ । प्रशासनको आग्रहलाई अटेर गरि हतियार राखेर त्यसको दुरुपयोग भएको खण्डमा सम्बन्धित हतियारधनी नै जिम्मेवार हुने र कारबाहीको दायरामा ल्याउने चेतावनी प्रशासनले दिएको छ । यसैबीच बारामा सोमबार बसेको जिल्ला सुरक्षा समितिको बैठकले हतियार बुझाउने म्याद १५ दिन थप गरेको छ । सुरक्षा समितिको निर्णय अनुसार जेठ १० गतेसम्मका लागि हतियार बुझाउने म्याद थप गरिएको बाराका प्रमुख जिल्ला अधिकारी विजयकृष्ण मानन्धरले जानकारी दिनुभयो । जेठ १० गतेसम्म पनि हतियार नबुझाएर सम्बन्धित घरधनीकोमा प्रहरी टोली नै गएर हतियार नियन्त्रणमा लिने उहाँले चेतावनी दिनुभयो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

ब्रम्हपुरी आधारभूत विद्यालयमा आज छात्राहरुलाइ साइकल वितरण
१४ महिनापछि संघीय संसदमा नयाँ विधेयक
पर्सा बाराको उद्योग कलरकारखाना र गाडी ग्यारेजहरुमा आज विश्वकर्मा पुजा भव्य रुपमा मनाइँदै
आज हरितालिका ,तीज शिवालयहरुमा वर्तालुको भीड