नेकपा एमाले (समाजवादी) र जसपा (लोकतान्त्रिक) नहुने भयो दर्ता, अर्को नाम प्रस्ताव गर्न आयोगको आग्रह



काठमाडौं, ,४ भाद्र । नेकपा एमाले समाजवादी र जनता समाजवादी पार्टी लोकतान्त्रिक नामको दल दर्ता नहुने भएको छ ।
अध्यक्ष केपी ओलीसँग विवाद बढेपछि नेकपा एमालेमा वरिष्ठ नेता माधव नेपालले पार्टी विभाजन गर्दै नेकपा एमाले समाजवादी नाम राख्न गरेको प्रस्ताव निर्वाचन आयोगबाट अस्वीकृत भएको हो ।

यसैगरी, अध्यक्ष उपेन्द्र यादवसँगको विवाद नसुल्झिएपछि अर्का अध्यक्ष महन्थ ठाकुरले जसपा लोकतान्त्रिकको नाममा दल दर्ता गराउन गरेको प्रयास पनि विफल भएको हो ।
ती दुई नाममा दल दर्ता गरिपाउँ भन्दै नेता नेपाल र ठाकुर पक्षले बुधबार निर्वाचन आयोगमा निवेदन दिए पनि आयोगले ती नाममा निर्णय दिन नसक्ने जानकारी सम्बन्धित दलहरुलाई दिइसकेको आयोगका एक पदाधिकारीले जानकारी दिनुभयो ।
उहाँका अनुसार आयोगमा यसअघि नै दर्ता कायम भएका दलसँग जुध्ने गरी वा कोष्ठक भित्र अर्को पुच्छर झुण्ड्याएर पनि नयाँ दल दर्ता गर्न नपाइने आदेश सर्वोच्च अदालतबाट भएकाले एमाले समाजवादी र जसपा लोकतान्त्रिकको नाममा दल दर्ता हुन नसक्ने भएको हो ।
‘दलको नाम पनि एक खाले ट्रेडमार्क नै भएकाले लामो समयदेखि अर्काले प्रयोग गरिरहेको नामसँग मिल्दोजुल्दो नाम राख्नु कानूनी रुपमा मिल्ने विषय थिएन । तर पहिले पहिले आयोगले पुच्छर झण्ड्याएर दलहरु दर्ता गर्दा समस्या आएको र नेकपा नाममा परेको विवादमा सर्वोच्च अदालतले फागुन २३ मा दिएको फैसलाले आयोगलाई दायाँबायाँ गर्नसक्ने अवस्था छैन,’ आयोगका एक पदाधिकारीले इमेजखरसँग भन्नुभयो ।
सरकारले ल्याएको नयाँ अध्यादेशअनुसारको नियमावली बिहीबार राजपत्रमा निस्कनेबित्तिकै दुबै दलका नेताहरुलाई सम्पर्क गरेर आयोगले अलग्गै नाम लिएर आउन तथा नियमावलीमा माग भएबमोजिमको अनुसूची विवरण पेश गर्न भनिएको छ ।
‘ती दलले जतिचाँडो अनुसूची विवरण भरेर आयोगमा पेश गर्छन् त्यति नै शीघ्रता साथ दल दर्ता प्रक्रिया अघि बढ्नेछ । अन्यथा, आयोगलाई भने दल दर्ता माग्न आएको निवेदनको टुंग्गो ४५ दिनभित्र लगाउने समय हुन्छ,’ ती अधिकारीले भने । शौ—Imagekhabar

 


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

१४ महिनापछि संघीय संसदमा नयाँ विधेयक
पर्सा बाराको उद्योग कलरकारखाना र गाडी ग्यारेजहरुमा आज विश्वकर्मा पुजा भव्य रुपमा मनाइँदै
आज हरितालिका ,तीज शिवालयहरुमा वर्तालुको भीड
एमसीसी उपाध्यक्ष सुमारले पूर्वप्रधानमन्त्री ओलीसँग भेट गर्दै, विपक्षी दलका नेतासँग भेटेपछि मात्रै प्रधानमन्त्री देउवासँग भेटवार्ता गर्ने