नेपालमा पछिल्लो २४ घण्टामा २ सय ९९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि



वीरगन्ज, २ मंसिर । नेपालमा पछिल्लो २४ घण्टामा २ सय ९९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार ८६३ पीसीआर परीक्षण गर्दा २७२ जना र ३ हजार २८८ जनाको एन्टिजेन परीक्षण गर्दा २७ जना गरी २९९ जनामा संक्रमण पुष्टि भएको हो ।

यस्तै देशभर पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या २६० रहेको छ भने कोरोना संक्रमणका कारण ६ जनाको मृत्यु भएको छ । हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ७ हजार ६४२ रहेको छ ।आज थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ९ लाख १३ हजार ५५७ पुगेको छ ।

यस्तै नेपालमा अहिले सम्म कोरोना संक्रमणले मृत्यु हुनेको संख्या ११ हजार ४८९ पुगेको छ भने अहिले सम्म ७ लाख ९९ हजार १७६ जना संक्रमणमुक्त भएका छन् ।मन्त्रालयका अनुसार हाल ७ हजार १६९ जना संक्रमित होम आइसोलेसनमा रहेका छन् भने ४७३ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये २२४ जना आईसीयू र ६० जना भेन्टिलेटरमा उपचाररत् छन् ।

 


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

रोट्री र रोट्रयाक्ट क्लब अफ वीरगन्ज मेट्रोपोलिसको संयुक्त आयोजनामा म्याराथन दौड प्रतियोगिता सम्पन्न
वीरगन्ज नाकाबाट चार महिनाको अवधिमा निर्यात बढ्यो
विजय सरावगी जसपाको केन्द्रीय सदस्यमा मनोनित, प्रदीप यादव केन्द्रीय सदस्यबाट निष्काशित
प्रेस सेन्टर नेपाल पर्सा शाखाको पाँचौं जिल्ला सम्मेलनबाट नयाँ नेतृत्व चयन