नेपालमा पछिल्लो २४ घन्टामा ८ सय ५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि



वीरगन्ज,२१ असोज । नेपालमा पछिल्लो २४ घन्टामा ८ सय ५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घन्टामा १० हजार ६ सय ७२ जनाको नमूना परीक्षण गर्दा ८ सय ५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । यस्तै पछिल्लो २४ घन्टामा नेपालमा कोरोनाबाट थप ८ जनाको मृत्यु भएको छ।

योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार २ सय पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज थप ९ सय ११ जना कोरोनामुक्त भएका छन् । नेपालमा अहिले कोरोनाका सक्रिय संक्रमितको संख्या १५ हजार ९ सय ४२ जना रहेको छ ।

ती मध्ये ३ सय २९ जनाको भेन्टिलेटरमा र १ सय १२ जनाको आइसीयूमा उपचार भइरहेको छ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

नेपालमा पछिल्लो २४ घण्टामा थप ७ सय ८५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि
नेपालमा कोरोना ६० प्रतिशतले घट्यो, उपत्यकामा पहिलो मात्रा ८१ र पूर्णमात्रा ७४ प्रतिशतले लगाइए
भारतले अर्को हप्तादेखि नेपाललाई कोरोना विरुद्धको कोभिशिल्ड खोप उपलब्ध गराउने
सामुदायिक रेडियोमा कोभिड महामारीको प्रभाव बिषयक कार्यशाला गोष्ठी वीरगन्जमा सम्पन्न