नेपाली कांग्रेसका क्रियाशील सदस्यको संख्या विगतको भन्दा दोब्बर




वीरगन्ज, १२ साउन । नेपाली कांग्रेसका क्रियाशील सदस्यको संख्या विगतको भन्दा दोब्बर बढीले बढेको छ। नयाँ कियाशील सदस्य संख्या आठ लाख ५२ हजार सात सय ११ पुगेको छ।तीमध्ये चार लाख ४३ हजार ६ सय ७८ जना नयाँ सदस्य थपिएका छन्।

क्रियाशील सदस्यता छानविन समितिले पार्टीको पदाधिकारी बैठकमा मंगलबार प्रतिवेदन पेस गरेको छ।पुराना चार लाख ९ हजारको सदस्यता नवीकरण भएको छ। प्रतिवेदन अनुसार सबैभन्दा धेरै क्रियाशील सदस्य वागमती प्रदेशमा १ लाख ८६ हजारको नाम अनुमोदन भएको छ भने सबैभन्दा कम कर्णालीमा ५४ हजार ६६ जना छन्।समितिले धनुषा क्षेत्र नम्बर ४,सर्लाही २ र बारा तथा सप्तरी जिल्लाको क्रियाशील सदस्यता विवाद भने टुंगो लगाउन नसकेको जनाएको छ।

रमेश लेखक नेतृत्वको क्रियाशील सदस्यता छानविन समितिले तयार पारेको प्रतिवेदन पदाधिकारी बैठकमा छलफलपछि केन्द्रीय कार्य समितिमा पेस हुनेछ।सात सदस्यीय समितिका सदस्य कल्याण गुरुङले भने ‘नोट अफ डिसेन्ट’ लेख्नु भएको छ र क्रियाशील सदस्यता सम्बन्धी सक्कल कागजात नआइकन प्रतिवेदन तयार पारिएकाले फरक मत राखेको गुरुङले बताउनुभयो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

अफगानिस्तानमा बेरोजगारी बृद्धि
अघिल्लो सरकारले नियुक्त गरेको सबै राजदूत फिर्ता बोलाउने सरकारको निर्णय
नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ३३० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि
पर्साको ग्रामीण भेगको जनता सडकमा पर्ने खोलाहरुमा पुल नबन्दा स्थानीयवासीलाई सास्ती,