नेपाली कांग्रेसले थप ५ जिल्लाको क्रियाशील सदस्यता विवाद टुंगो लगायो



बिरगन्ज ,१०असोज । नेपाली कांग्रेसले थप ५ जिल्लाको क्रियाशील सदस्यता विवाद टुंग्याएको छ । हिजो महोत्तरी, सिरहा, डोल्पा, सुर्खेत र बाँकेको सदस्यता विवाद टुंगो लगाएर निर्वाचन समितिलाई विवरण बुझाइएको हो । विवाद टुंगो लगाएर विवरण समितिलाई बुझाइएका जिल्लामा आजै निर्वाचन अधिकृत खटाउने तयारी भइरहेको कांग्रेसले जनाएको छ ।

बाँकी सात जिल्लामध्ये तीन जिल्लाको विवाद पनि टुंगिएको छ । तर निर्वाचन समितिलाई सदस्यको सूची आइपुगेको छैन । निर्वाचन समितिले क्रियाशील सदस्यताको सूची नपाएका जिल्लामा पर्सा, बारा, रौतहट, सर्लाही, धनुषा, सप्तरी, रसुवा र कैलाली रहेका छन् ।

कांग्रेसले दसैँअघि ७७ वटै जिल्लामा पालिका तहसम्मको अधिवेशन सम्पन्न गर्ने तयारी गरिरहेको छ । सोही अनुसार हिजोदखि गाउँ–नगर अधिवेशन सुरु भएको छ । निर्वाचन कार्यतालिका अनुसार वडाअधिवेशन सम्पन्न भएका जिल्लामा गाउँ–नगर अधिवेशन सुरु भएको हो ।

पार्टीको केन्द्रीय निर्वाचन समितिका अनुसार हिजो ५४ जिल्लाको पालिका अभिवेशन सकिएको छ । काठमाडौमा वडा अधिवेशन सम्पन्न भएपनि अन्तिम परिणाम प्राप्त नभएकाले पालिका अधिवेशन असोज १६ गतेका लागि तय गरिएको छ । कांग्रेसले अहिलेसम्म ६४ जिल्लामा वडा अधिवेशन सम्पन्न गरिसकेको छ ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

टीकाको उत्तम साइत बिहान १० : ०२ बजे शुरु गरियो
सामुदायिक रेडियो माडीको चौथो अधिवेशन सम्पन्न, नयाँ कार्यसमिति गठन
बडा दसैँको मुख्य दिन आज देखि सुरु, वीरगन्जको प्रसीद्ध शक्तिपिठ गहवामाइ मन्दिरमा पनि हर्षोल्लाशका साथ फुलापाती भित्रयाइयो
नेपालमा पछिल्लो २४ घण्टामा थप ७ सय ८५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि