नेपाली कांग्रेस पर्सामा चुनावी सरगर्मी बढयो



बिरगन्ज,१२ असोज । नेपाली कांग्रेस पर्सामा चुनावी सरगर्मी बढेको छ । करिब १२ हजार क्रियाशिल सदस्य रहेको पर्सामा चाँडै वडा अधिवेशन शुरु हुने सम्भावना बढेको बताइएको छ । एक दुई दिनमै पर्साको क्रियाशिल सदस्यहरुको नमावली आइसक्ने र वडा अधिवेशन प्रारम्भ हुने जिल्ला सभापति अजयकुमार द्विवेदीले बताउनुभयो ।

उहाका अनुसार यसै साता नयाँ तालिका आए अनुसार वडा, पालिका, प्रदेश निर्वाचन क्षेत्र, संघीय निर्वाचन क्षेत्रको अधिवेशन गर्ने तयारीमा आफूहरु जुटेको बताउनुभयो । पर्साको क्षेत्र नं १, २ र ३ मा विवाद सकिएको र अब जिल्ला अधिवेशनतर्फ आफूहरु अगाडि बढेको उहाले बताउनुभयो ।

पर्साको क्षेत्र नं १ को वीरगंज महानगरको केही वडामा विवाद थियो, भने क्षेत्र नं २ को ७ वटा वडामा नयाँ सदस्यता कसैलाई नदिने सहमति भएको छ। क्षेत्र नं ३ मा पनि पुरानै क्रियाशिल सदस्यलाई कायम गरी अधिवेशन गर्ने सहमति भएको छ। यसैबीच कांग्रेस पर्साको जिल्ला सभापतिमा आधा दर्जनभन्दा बढी आकांक्षी देखिए पनि चार जनाको नाम चर्चामा छ।

पर्साको विभिन्न वडादेखि पालिका हुँदै जिल्लासम्म हुने छलफल तथा बहसमा वर्तमान जिल्ला सभापति अजय द्विवेदी, वरिष्ठ नेता रामनारायण कुर्मी, पूर्व सभापति जनार्दनसिंह क्षेत्री र पूर्व संविधान सभा सदस्य राजेन्द्रबहादुर अमात्यको चर्चा बढी हुने गरेको काँग्रेस निकट श्रोतले जनाएको छ ।

नेपाली कांगेसको वीरगंज नगर सभापतिमा यसपाली युवा तथा नयाँ अनुहारले उम्मेदवारी घोषणा गर्ने चर्चा छ। वीरगंज महानगरको नगर कमिटिमा व्यवसायी भोला कलवार, पत्रकार दिपेन्द्र चौहान, मनोहर साह, गजेन्द्र पटेल, जितेन्द्र पुरुष ढकाल, कालु सिंह, मणिन्द्रलाल नेपालीलगायतले सभापतिमा उम्मेवारी दिने इच्छा प्रकट गरेको श्रेतले जनाएको छ ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

संघीय संसदमा सांसदहरूले दसैं–भत्ता नपाउने
आफू बिरुद्ध षडयन्त्र भइरहेको प्रदेश २ का मुख्यमंत्री राउतको जिकिर
मन्त्री बनाउने विषय प्रधानन्यायाधीशको हातमा हुँदैन  प्रन्या जबरा
लोसपा आगामी चुनावमा जनता समाजवादी पार्टी (जसपा) सँग गठबन्धन नगरिन, नेता राजेन्द्र महतो