पछिल्लो २४ घण्टामा थप २,५६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि, १८ जनाको मृत्यु




वीरगन्ज,१७ साउन । पछिल्लो २४ घण्टामा थप २,५६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८४०२ पीसीआर परीक्षणमा १९८१ र ४२३४ एन्टिजेन परीक्षणमा ५८७ जना गरी २५६८ जनामा संक्रमण पुष्टि भएको हो ।कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा १८ जनाको मृत्यु भएको छ भने २०२० जनाको संक्रमणमुक्त भएका छन्।

आज थपिएकासँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ६ लाख ९७ हजार ३७० पुगेको छ । तीमध्ये ९ हजार ८७५ जनाको मृत्यु भएको छ भने ६ लाख ५६ हजार १९७ जना संक्रमणमुक्त भएका छन् ।मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ३१ हजार २९८ जना रहेका छन् ।

जसमध्ये २८ हजार ६३ जना होम आइसोलेसनमा रहेका छन् भने ३ हजार २३५ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ६७७ जना आईसीयू र १६९ जना भेन्टिलेटरमा उपचाररत् छन् ।यस्तै १० वर्ष मुनिका ६० बालबालिकमा कोरोना संक्रमण देखिएको छ भने ११ देखि २० वर्ष उमेर समूहका १५६ जना कोरोना संक्रमित थपिएको मन्त्रालयले जनाएको छ ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

अफगानिस्तानमा बेरोजगारी बृद्धि
अघिल्लो सरकारले नियुक्त गरेको सबै राजदूत फिर्ता बोलाउने सरकारको निर्णय
नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ३३० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि
मल्टी स्पर्श स्पेशलिटी अस्पतालले एकजना बिरामीको निशुल्क शल्यक्रिया गर्यो